८ बैशाख २०८१, शनिबार | April 20, 2024

सत्ता साझेदार दलहरुको बैठक सकियो



काठमाडौं । सत्ता साझेदार दलहरुका शीर्ष नेताहरूको आजको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।

मन्त्रिपरिषद् विस्तार, मन्त्रालयको भागबन्डालगायत विषयमा छलफल गर्न बैठक बसेको थियो । बैठकपछि प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राष्ट्रपतिको कार्यालय शीतलनिवास जाँदै छन् । आज शीतलनिवासमा नवनियुक्त महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलको शपथग्रहण कार्यक्रम रहेकाले त्यसमा सहभागी हुन उनीहरू जान लागेका हुन् ।

बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी थिए । वर्तमान सत्ता गठबन्धनमा सात दल आबद्ध छन् ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ११ : ३१ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु