६ पुस २०८२, आइतबार | December 21, 2025

विश्वफुटबलका महान खेलाडी पेलेको निधन



काठमाडौं । ब्राजिलका महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो)को निधन भएको छ । ८२ वर्षको उमेरमा उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति उनको निधन भएको बीबीसीले जनाएको छ ।

मृगौला र प्रोस्टेट रोगले थला पारेपछि पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना भएका थिए । उनी नोभम्बरमा अस्पताल भर्ना भएका थिए ।

लगातार तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ । पेलेले ब्राजिललाई लगातार तीन पटक फिफा विश्वकप उपाधि दिलाएका थिए । ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो । पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ खेल खेल्दै १२८१ गोल गरेका छन् ।

पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ दि सेन्चुरी घोषणा गरिएको थियो । उनले ब्राजिलका लागि ९२ खेल खेल्दै ७७ गोल गरेका थिए ।

१५ वर्षको उमेरमा सेन्टोस क्लबबाट फुटबल खेल्न थालेका उनी १७ वर्षको उमेरमै फुटबल स्टार बनेका थिए ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ८ : १० बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा