२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

एमाले नेता ज्ञवालीले भने- संकटमा सतिसालझैं उभिएकाको भावनाविपरीत कुनै निर्णय हुँदैन



काठमाडौं । एमालेले एकीकृत समाजवादी पूरानै घरमा फर्काउन पहल गरिरहेको हल्ला चलिरहेका बेला एमालेका एक जना नेताले खण्डन गरेका छन् ।

डेढ वर्षअघि एमालेसँग विभाजन भएर गठन भएको एकीकृत समाजवादीलाई फेरि पूरानै घरमा फर्काउन आन्तरिक छलफल भइरहेको बताइँदा एमाले नेता प्रदीप ज्ञवालीले ‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित’ रहेको बताएका हुन् । ‘त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान,अतिरञ्जना र हल्ला मात्र हुन्,’ उनले फेसबुकमा लेखेका छन् ।

एमाले अध्यक्ष ओली निकट रहेका ज्ञवालीले एमालेभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको उल्लेख गरेका छन् । ‘संकटका बेला सतिसालझैं उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन । इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ८ : ३० बजे

जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

जुम्ला । सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ

प्रदेश संरचना र जिसस खारेज गर्न गोकुल बास्कोटाको सुझाव

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना तथा

पश्चिम बंगालमा बीजेपी नेताका निजी सहायकको गोली हानी हत्या

काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी) नेता

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले सूचना