९ माघ २०८२, शुक्रबार | January 23, 2026

पूर्वगृहमन्त्री खाण भन्छन् – पार्टीभित्रैको शक्ति लागेर मलाई हराए



बुटवल । पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाणले चुनावमा आफूलाई हराउन पार्टीभित्र र बाहिरका शक्ति परिचालित भएको दाबी गरेका छन् । तर उनले को को परिचालित थिए भनेर खुलाएनन् ।

बिपी कोइराला अध्ययन प्रतिष्ठानको छैठौँ साधारणसभा, चौथो अधिवेशनको उदघाटन तथा ४६औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा बुटवलमा शनिबार आयोजित उनले यस्तो बताएका हुन् ।

आफूलाई हराउन विभिन्न शक्ति लागे पनि यसबारे आफूले कुनै टिप्पणी नगर्ने खाणले बताए । ुगत निर्वाचनमा मेरो निर्वाचन क्षेत्रमा पार्टीभित्र र बाहिरका राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरु मलाई हराउन सक्रिय भए, यसबारे कुनै टिप्पणी गर्नु छैन,ु उनले भने ।

उनले वर्तमान सत्ता फेरबदलमा काँग्रेस कहाँनिर चुक्यो भन्ने कुराको समीक्षा हुने पनि बताए । ुराजनीतिक पार्टीहरुका लागि सत्ता फेरबदल स्वाभाविक प्रक्रिया हो, यसलाई कांग्रेसले अन्यथा लिँदैन । तर कसरी काँग्रेस प्रतिकूल अवस्थामा पुग्यो भन्ने कुराको भने समीक्षा गर्नुपर्छ ,ु उनले भने ।

उनले कहिलेकाँही नेपालको राष्ट्रियता मजबुत गर्न, प्रजातन्त्र जोगाउन, काँग्रेसको प्रभावकारिताका लागि पार्टीभित्र एकता गरौभन्दा आफू आलोचित हुनुपरेको गुनासो गरे ।

कार्यक्रममा प्रतिष्ठानका सभापति युवराज गिरीले देशको राजनीतिक परिवर्तनमा नेपाली काँग्रेस पार्टी र विपिको योगदानबारे स्मरण गर्दै वैभवशाली समाज निर्माणमा योगदान रहेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले राष्ट्रिय एकता र मेलमिलाप एक सिक्काको दुई पाटा भएको भन्दै यसलाई सन्तुलित ढंगले अगाडि बढाउन सके मात्रै पार्टी, राजनीति र देश सफल हुने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले विपिको दूरदर्शिता र मेलमिलापकै कारण सबैजसो राजनीतिक परिवर्तन सफल भएको बताए ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ४ : ४० बजे

स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी । प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने

आजको मौसम : कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन आउन ४१ दिन बाँकी : उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी