२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

खुमन र प्रकाशले तताए ‘पौवा न्यु इयर इभ’



बुटवल । अंग्रेजी नयाँ वर्ष २०२३ को आगमनलाई स्वागत गर्दै होटल पौवाले आयोजना गरेको ‘न्यु इयर इभ’लाई लोक गायक खुमन अधिकारी र प्रकाश दुतराजले राम्रैगरि तताएका छन् । बुटवलको योगीकुटी स्थित पौवा परिषरमा नयाँ वर्ष मनाउन भेला भएका हजार बढी स्थानीयलाई खुमन र प्रकाशले लोकप्रीय गीत् गाएर तताएका हुन् ।

कार्यक्रमको प्रारम्भमा नै मञ्चमा उक्लेका लोक गायक खुमनले ट्रेक बिनानै दर्शकलाई गाउन लगाएर माहोल तताएका थिए । शिव पार्वती….बाट शुरु गरेका खुमनले रुमाल हल्लाइ…, यो मन रुन्न होला र… , सिन्की साँधेर…., सम्झनामा आइदेउ…, फोन उठाउ न सानु…. जस्ता दर्जन बढी गीत गाएका थिए ।

पछिल्लो समय युवामा लोकप्रियता कमाएका प्रकाश दुतराज मन्चमा उक्लेसँगै इभको रौनक नै महोत्सवमय बनेको थियो । कार्यक्रमस्थलमा पुगेका सयौं दर्सकहरु दुतराजको प्रस्तूतीमा नाच्न थालेपछि सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई थाम्न हम्मे हम्मे परेको थियो ।

चोली मैलै भो.. बाट गाउन शुरु गरेका दुतराजले बैनी झ्यालैमा…., घर त कहाँ हो बैनीको…, चौतारीमा सितलु छाँयाँ.., तिम्लाई दिने माया…, सम्झ्यो कि त रेलीमाई छाती चरर…, उई रिसाउनी उई गल्ती गर्नी…., जस्ता दर्जन गित गाएर लगातार दर्शकलाई तताएका थिए ।

कार्यक्रममा चर्चित गायीका मिलन नेवारले पनि आफ्नो प्रस्तुती दिएकी थिइन् ।

दियो बालेर ‘न्यु इयर इभ’को शुभारम्भ गर्दै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले नयाँवर्षको शुभकामना दिए ।

नेपाली परम्परागत चाडपर्वलाई मध्यनजरमा राख्दै चाड विशेष सहित पौवाले अंग्रेजी नयाँ वर्ष पनि मनाउँदै आएको छ ।

मध्यराती १२ बजे लगत्तै नयाँ वर्षलाई स्वागत गर्दै होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले देश बिदेशमा रहेका सबै मानवजातीलाई सुख,शुस्वास्थ्य र समृद्दीको शुभकामना दिए । उनले पौवाले नेपाली मौलीक वर्षहरुमा विशेष कार्यक्रमहरुलाई उच्च प्राथमिकतामा राख्दै विश्वभरीबाट नेपाल आउने पर्यटकलाई नेपाली कला र संस्कृतिको प्रचार गर्ने गरेको बताए ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ९ : ०० बजे

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन

बुटवलको नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१ सुरु

बुटवल । बुटवल उपहानगरपालिका–१२ नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१

पाल्पामा बलेरो दुर्घटना, १४ जना घाइते

तानसेन । पाल्पामा बलेरो जिप दुर्घटनामा परेको छ। नवलपुर अरुणखोलाबाट

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको नीति

सन्दीपको प्रतिक्रिया- म निर्दोष छु भन्दा पनि फसाइयो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले निर्दोष छु भन्दा पनि आफूलाई