४ माघ २०८२, आइतबार | January 18, 2026

आजको मौसम : वर्षा, हिमपात र हुस्सुले जनजीवन प्रभावित हुन सक्ने



काठमाडौं । देशका पहाडी भू-भागमा अहिले आंशिकदेखि सामान्य बदली छ । तराईका थोरै भू-भागमा हुस्सु लागेको अवस्था छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव छ ।

आज दिउँसो प्रदेश नम्बर-१ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश-१ को पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हल्का वर्षा, हल्का हिमपात र तराईका केही भू-भागमा हुस्सुरकुहिरो लाग्ने र दैनिक जीवनयापन, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ७ : २१ बजे

टिकट नपाएपछि विष्णु रिजालको भावुक टिप्पणी – नेतृत्वको रोजाइमा तेस्रोपटक पनि पर्न नसक्नु दु:खद

दैलेख । नेकपा (एमाले)का नेता विष्णु रिजाल यस पटकको प्रतिनिधिसभा

पार्टी आधिकारिकताविरुद्ध देउवा समूह सर्वोच्च जाँदै, आयोगको निर्णय बदरको माग

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबी

रुपन्देही-३ बाट वासुदेव घिमिरेले पाए एमालेको टिकट

काठमाडौं । नेकपा एमालेले रुपन्देही क्षेत्र नं. ३ बाट निवर्तमान

निसीखोलामा पुतली नाचँको रौनक

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका-६ भल्कोटमा पुतली नाचँ प्रदर्शन गरिएको

माधव सापकोटाले पाए सिन्धुपाल्चोक-१ बाट नेकपाको टिकट

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता माधव सापकोटाले