१९ असार २०८३, शुक्रबार | July 3, 2026

प्रत्यक्ष उम्मेदवार टुंग्याउन रास्वपाको केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने तय भएको छ ।

बैठकले देशभरका १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उठाइने उम्मेदवारहरूको नाम अन्तिम रूप दिने तयारी गरेको पार्टीले जनाएको छ । निर्वाचन आयोगले माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकेकाले त्यसअघि नै उम्मेदवारको टुंगो लगाउनु आवश्यक रहेको पार्टीको बुझाइ छ ।

उम्मेदवारी दर्ताका लागि उम्मेदवार स्वयं सम्बन्धित निर्वाचन क्षेत्रमा उपस्थित हुनुपर्ने व्यवस्था रहेकाले समयको चापलाई ध्यानमा राख्दै आजै केन्द्रीय समितिबाट उम्मेदवार चयन गर्ने तयारी गरिएको हो । रास्वपाले आन्तरिक छलफल, क्षेत्रीय मूल्याङ्कन र सिफारिसका आधारमा उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाउँदै आएको बताइएको छ ।

यसैबीच अन्य प्रमुख राजनीतिक दलहरू पनि उम्मेदवार चयनको अन्तिम तयारीमा जुटेका छन् । नेकपा (एमाले) ले केही निर्वाचन क्षेत्रबाहेक अधिकांश क्षेत्रमा उम्मेदवारको नाम टुंग्याइसकेको छ । नेपाली कांग्रेसमा भने पार्टीको आधिकारिकता, विशेष महाधिवेशन र नेतृत्व विवादका कारण उम्मेदवार चयन प्रक्रिया थप पेचिलो बनेको छ । विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगबाट आधिकारिकताको प्रमाणपत्र पाएपछि कांग्रेसभित्रको विवाद अझै चर्चामा आएको छ ।

दलहरूबीच उम्मेदवार छनोटलाई लिएर तीव्र गतिविधि बढेसँगै प्रतिनिधिसभा निर्वाचनको माहोल क्रमशः तातिँदै गएको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ७ : ५७ बजे

बालेन्द्र सरकारमाथि एमालेको तिखो टिप्पणी : ‘१०० दिनमा सुशासन होइन, विवाद र असफलता’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बालेन्द्र शाह नेतृत्वको सरकारको

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

जेनेभा । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले एल

केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक । काठमाडौ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (दोस्रो

स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको रकम भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु

बैतडीमा यात्रुवाहक बस दुर्घटना, कम्तीमा १६ जना घाइते

काठमाडौं । कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस बैतडीमा