४ पुस २०८२, शुक्रबार | December 20, 2025

एकीकृत समाजवादी स्थायी समितिमा अध्यक्ष माधव नेपाल अल्पमतमा, नेपाल पक्षमा २ जना मात्र



काठमाडौं । एकीकृत समाजवादी सरकारमा जाने कि नजाने भन्ने तीव्र बहस भइरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सामेल हुने कि गर्ने भन्ने विषयमा निर्णय गर्न बसेको स्थायी कमिटी बैठक विना निष्कर्ष टुंगिएको छ । अब यो निर्णय गर्ने अधिकार पोलिटब्युरो बैठकलाई दिइएको छ । एकीकृत समाजवादी सरकारमा जाने वा नजाने भन्ने निर्णय अब पोलिटब्युरो बैठकले लगाउने भएको छ ।

दुई दिनसम्म बसेको स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले सरकारमा जान नहुने धारणा राखेका थिए । कतिसम्म भने सम्मानित नेता झलनाथ खनालले समेत यो सरकार वामपन्थी नेताको नेतृत्वमा बने पनि ‘खिचडी सरकार’ भन्दै समर्थन गर्न नसकिने धारणा राखेका थिए । स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश नेताले सरकारमा सहभागी हुन नहुने धारणा राखेपछि अध्यक्ष माधवकुमार नेपाल अलमलमा परेका छन् । प्रचण्डको निकै ठूलो दबाबपछि विश्वासको मत दिएर सरकारलाई समर्थन गर्ने सोच राखेका नेपाललाई अहिले के गर्ने भन्ने अन्योल देखिएको हो ।

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा दुई नेताले मात्र सरकारमा जानुपर्ने धारणा राखेका थिए । बैठकमा सहभागी एक नेताले मुकुन्द न्यौपाने र प्रकाश ज्वालाले मात्र प्रचण्ड नेतृत्वको सरकारमा जानुपर्ने धारणा बैठकमा राखेका थिए । न्यौपाने निकै अघिदेखि एमालेसँग मिल्नुपर्छ भन्ने विचारका नेता हुन् । ज्वाला भने जसरी पनि एकपटक मन्त्री बन्न चाहिरहेका छन् । यदि पार्टीले प्रचण्डलाई विश्वासको मत दिए आफ्नो मन्त्री पद सुरक्षित हुने उनले देखेको एक नेताले बताए । ‘स्थायी कमिटी बैठकमा अधिकांशले यो सरकारमा तत्काल सहभागी हुन नहुने धारणा राखेका छन् । तर मुकुन्द न्यौपाने र प्रकाश ज्वालाले भने सरकारमा जानुपर्ने विचार राख्नुभयो,’ एक नेताले भने ।

बैठकमा महासचिव बेदुराम भुसालले संगठन निर्माण र पुनःताजगीका लागि प्रस्ताव पेस गरेका थिए। पछिल्लो समय जनवर्गीय संगठनका साथै प्रवासमा रहेका पार्टीनिकट संगठन, शुभेच्छुकहरूसँग सुझाव लिइएको उनले बताए। अन्य नेताहरूले पनि पार्टी संगठन निर्माणमै ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  १२ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको