५ श्रावण २०८३, मंगलबार | July 22, 2026

रेशम चौधरीलाई रिहा नगरे सुदुरपश्चिम प्रदेशसभा अवरुद्ध गर्ने नागरिक उन्मुक्तिको चेतावनी



धनगढी । जेलमा रहेका रेशम चौधरी रिहाई नभए माघी (१ माघ)पछि प्रदेशसभा अवरुद्ध गर्ने नागरिक उन्मुक्ति पार्टीले चेतावनी दिएको छ ।

टिकापुर घटनामा संलग्नता रहेको आरोपमा जेलचलान भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाई नभए माघिपछि सुदुरपश्चिम प्रदेश सभा बैठक अबरुद्ध गर्ने नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले बताए ।

प्रदेश सभाको पहिलो बैठकमा शुभकामना दिन विशेष समयमा बोलेका चौधरीले भने, ‘माघी अगाडि टिकापुर घटनालाई सुल्झाएर जेलमा रहेका नेता कार्यकर्ताको रिहाई हुनु पर्दछ, त्यसो नभए माघि पछि प्रदेश सभा चल्न दिने छैनौं ।’
उनले थारु आन्दोलन पहिचानका लागि गरिएको र सो आन्दोलन व्यक्तिगत नभई राजनीतिक आन्दोलन भएको बताए । त्यसैले टिकापुर घटनालाई राजनीतिक रुपमै समाधान गरिनुपर्दछ,’ उनले भने, ‘अधिकार माग्नेलाई दण्ड सजायको व्यवस्था लोकतन्त्रमा हुन सक्दैन, थारु समुदायले त्यसलाई मान्नेवाला पनि छैन ।’

देशमा व्यवस्था परिवर्तनका लागि भएका अन्य राजनीतिक आन्दोलन जस्तै थारुको आन्दोलन पनि आफ्नो पहिचानका लागि गरिएको राजनीतिक आन्दोलन भएको उनले बताए ।

आज बसेको प्रदेशसभा बैठकले सभामुख चयनका लागि पुस २८ गते निर्वाचन गर्ने निर्णय गरेको थियो । प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकको अध्यक्षता गरेका जेष्ठ प्रदेशसभा सदस्य मानबहादुर रावलले पुस २८ गते दिउँसो एक बजे बस्ने बैठकमा सभामुखको निर्वाचन गर्ने गरी सूचना प्रकाशित गर्न निर्देशन दिएका हुन् ।

पहिलो वैठकमा प्रदेश सभा सदस्यले शुभकामना आदान प्रदान समेत गरेका छन् । प्रदेश सभाको अर्को वैठक पुष २८ गते दिउसो एक बजे बस्ने छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ४ : ०१ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं