६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्ति पार्टीको निर्णय



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सत्तारूढ गठबन्धनबाट आफूलाई अलग गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो।
हालको राजनीतिक परिस्थिति र सरकारको क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै समर्थन फिर्ता लिने निर्णय गरिएको हो। सुदुरपश्चिमका मुख्यमन्त्रीले पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीलाई बिनाकारण बर्खास्त गरेको आरोप लगाउँदै सो पार्टीले सुदुरपश्चिम सरकारबाट समेत समर्थन फिर्ता गरिसकेको छ ।

‘आजको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिने निर्णय गरेको छ । अब हामी प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं ।’, बैठकपछि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा नाउपाबाट अरुण चौधरी संस्कृति, पर्यटन एवं राज्यमन्त्री छन् ।।

 

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ८ : ०३ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही