४ माघ २०८२, आइतबार | January 18, 2026

जाडो छल्न विद्यालय बिदा


१९ पुस २०७९, मंगलबार  

247
Shares

महोत्तरी । सोमबार बिहानैदेखि अचाक्ली जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् । जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको हुँदा चार दिनदेखि आठ दिनसम्मको बिदा सूचना गरेका हुन् ।

जिल्लाका जलेश्वर नगरपालिका, पिपरा तथा सम्सी गाउँपालिकाले पुस १९ गतेदेखि पुस २६ गतेसम्म आठ दिनको बिदा सूचना गरेका छन् । त्यसैगरी मटिहानी, भङ्गाहा, लोहारपट्टी, औरही र बलवा नगरपालिका तथा सोनमा गाउँपालिकाले पनि आजदेखि २२ गतेसम्म चार दिन बिदा दिने सूचना जारी गरेका छन् ।

यसअघि गत आइतबार नै मनराशिशवा र रामगोपालपुर नगरपालिकाले पुस २२ गतेसम्मको बिदा सूचना गरेका थिए । जिल्लाका १५ स्थानीय तहमध्ये ११ ले विद्यालयमा जाडो बिदाको सूचना जारी गरिसकेका छन् ।

स्याँठ चल्न थालेपछि विद्यालय केही दिनका लागि बिदा दिन परेको ती स्थानीय तहका कार्यालयले जारी गरेका सूचनामा उल्लेख छ ।

जिल्लाका बर्दिबास र गौशाला नगरपालिका तथा महोत्तरी र एकडारा गाउँपालिकामात्र यस्तो सूचना निकाल्न बाँकी छन् । चार स्थानीय तहले बिदा सूचना जारी नगरी सके पनि त्यहाँका विद्यालयमा पनि जाडोले गर्दा विद्यार्थी उपस्थिति स्वात्तै घटेको छ । यीमध्ये महोत्तरी र एकडाराले बिदा दिने सूचना जारी गर्ने तयारी गरेका बुझिएको छ ।

जिल्लामा उत्तरी क्षेत्रका बर्दिबास र गौशालाभन्दा मध्य र दक्षिणी क्षेत्रका अन्य ठाउँमा हुस्सु र स्याँठ चल्ने क्रम बढ्ता रहेको सर्वसाधारणको बुझाइ छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ७ : ४६ बजे

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं। विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ

गगन थापा नेतृत्वलाई वैधता नदिन माग गर्दै देउवा पक्ष पुग्यो सर्वोच्च

काठमाडौं । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पक्ष रिट निवेदन

सवारी दुर्घटनामा एकको मृत्यु, एकजना घाइते

चन्द्रपुर । रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा

टिकट नपाएपछि विष्णु रिजालको भावुक टिप्पणी – नेतृत्वको रोजाइमा तेस्रोपटक पनि पर्न नसक्नु दु:खद

दैलेख । नेकपा (एमाले)का नेता विष्णु रिजाल यस पटकको प्रतिनिधिसभा

पार्टी आधिकारिकताविरुद्ध देउवा समूह सर्वोच्च जाँदै, आयोगको निर्णय बदरको माग

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबी