६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

‘सीप र कला कुनै जातको हुँदैन’



महोत्तरी । “सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व महसुस हुन्छ,” दमाहा बजाउँदै गरेकी यहाँको बर्दिबास-३ पाटुकी निरु पौडेलले भनिन, “सुरु सुरुमा कतिले कुरा काटे, बाहुनकी छोरीबुहारीले यो के गरेकी पनि भने, तर मैले आफ्नो काम छाडिन । यसमा नाम र दाम दुवै पाएकी छु ।”

पञ्चे बाजा समूहमा निरु मात्र छैनिन । क्षत्री, तामाङ्, मगर, कामी, सार्की र दमाईँ समुदायका अन्य महिला पनि छन् । पुरुष, महिला वा यो जात त्यो जात भन्ने छैन । सीप र कला हो । यसमा पोख्त सबै मिलेर ‘समावेसी नौमती पञ्चे बाजा साँस्कृतिक समूह’ गठन गरी व्यवसायिक रुपमा बाजा बजाउँदै आएका छन् । “हाम्रो समूहमा जात र लिङ्गको कुरा हुँदैन, त्यसैले यसको नाम नै ‘समावेसी’ शब्दबाट सुरु गरेका हौँ,” समूहका अध्यक्ष रमेश पौडेल खत्री भने, “यहाँ सीप र कलाको कुरा हुन्छ ।”

पाटु बस्तीका १५ जनाले सुरु गरेका यो समूहलाई मङ्सिर लागेयता फुर्सद छैन । “हामीलाई डाक्ने जतिलाई समय दिन भ्याएका छैनौँ, जम्मा १५ जना छौँ, एकै समयमा बाँडिएर दुई ठाउँसम्म भ्याएका छौँ”, अध्यक्ष खत्रीले भने, “कोही कुरा काट्ने पनि होलान्, तर हामीलाई त तिनका कुरा सुन्ने फुर्सदै पो छैन ।” यो १५ जनाको समूहमा आठ जना महिला छन् ।

समूहमा भाले दमाहावादक सुभद्रा कार्की यो काम व्यवसायमात्र नभएर एउटा विद्रोह पनि भएको बताउँछन । “हाम्रो पारम्परिक समाजमा महिलाले यो गर्नु हुँदैन, यो काम त अमुक जातको हो भन्ने सोचले जरा गाडेको छ, यस्तो बेला हामीले ‘दमाहा’ समाएका छौँ, परम्परागत समाजमा यो विद्रोह पनि हो”, उनी भन्छन, “अब निरन्तर हामी काममा लागेपछि टिप्पणी गर्ने हराउँदै गएका छन्, हामी व्यवसायी बनेका छौँ ।”

समूहकी भीममाया क्याप्छाकी मगरले सहनाई बजाउन थालेपछि सबै दर्शक मुग्ध देखिन्छन् । “हैन, कस्तो राम्रो मिलेको यिनीहरुको सुरताल”, बर्दिबास-१ का स्थानीय भक्त भण्डारीले भने, “यिनीको कामप्रतिको समर्पण र लगाव तारिफ योग्य छ ।”

केही महिना पहिलेमात्र समूह विधिवत बर्दिबास नगर कार्यपालिकाको कार्यालयमा दर्ता गराएका कलाकारले शुल्कमा पनि आफ्नो स्थानीयलाई विशेष छुट दिने गरेका छन् । बर्दिबास–३ मा आयोजना हुने समारोहमा दैनिक ४५ हजार, बर्दिबास नगरपालिकाका अन्य १३ वडामा ५५ हजार र बर्दिबास बाहिर जानुपरेमा ६५ हजार रुपैयाँ शुल्क तोकेका छन् ।

यो समूहमा आबद्ध भएदेखि घरायसी खर्चको जोहोका लागि कसैलाई गुहार्नु नपरेको झ्यालीवादक जानुका विक बताउँछिन । “मधेसका सबै जिल्ला पुग्यौँ, जहाँजहाँ पुग्छौ, त्यहाँ हामीलाई बोलाउछन्,” समूहकी सहनाइवादक अञ्जना तामाङले भनिन, “मान्छेको मायामाले कामप्रति झन् उत्साह बढाएको छ ।” मधेसका जिल्लाबाहेक कोशी प्रदेशको उदयपुर र वागमतीको सिन्धुलीका कैयन समारोहमा सरिक भइसकेको उनले जानकारी दिए ।

आफ्नो समूहप्रति युवा पुस्ताले चाख बढाउँदै लगेको समूहका अध्यक्ष खत्री बताउँछन । यो चासोले कामप्रति विश्वास जगाएको समूहमा आबद्ध कलाकार बताउँछन् ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ८ : ३६ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का