१९ बैशाख २०८१, बुधबार | May 2, 2024

प्रभुको आम जनता पार्टीले पायो रामवीर मानन्धरको साथ



काठमाडौं । पूर्वमन्त्री प्रभु साहलाई काठमाडौंका नेता रामवीर मानन्धरले साथ दिएकाछन् ।

साहको अध्यक्षतामा गठित आम जनता पार्टीलाई साथ दिने भएका हुन् । दुई नेताबीच मानन्धर निवास माछापोखरीमा भएको छलफलपछि मानन्धरले आम जनता पार्टीलाई साथ दिनेविषयमा सहमति भएको हो । दुई नेता लामो समयदेखि लामो समयदेखि सहकार्यमा रहेका छन् ।

‘मिलेर पार्टी खोल्ने पूर्वसहमतिकै निरन्तरताको रुपमा मानन्धर अब आजपामा संगठित रुपमा नै अगाडि बढने सहमति भएको हो’, आजपा प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले भने, ‘हाम्रो पार्टी अध्यक्ष प्रभु साहज्यू र पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरजी बीच भेटवार्ता भएको हो । उहाँहरु शहरी मन्त्रालयमा हुँदादेखि राम्रो सम्बन्ध थियो । त्यसकै निरन्तरता हो यो । उहाँ (रामवीर मानन्धर) हाम्रो पार्टीको साथमा हुनुहुन्छ ।’

माओवादीबाट नेकपा हुँदै एमाले बनेका साह गत निर्वाचनमा स्वतन्त्र हैसियतमा उम्मेदवार बनेर रौतहतबाट विजयी बनेका थिए । लामो समयदेखि एमालेको राजनीति गरेका मानन्धर यसअघि काठमाडौं क्षेत्र नं. ७ बाट विजयी भएर शहरी विकास राज्यमन्त्री बनेका थिए । सो समयमा प्रभु साह शहरी विकास मन्त्री थिए ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ११ : १० बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी