७ आश्विन २०८३, बुधबार | September 23, 2026

व्यवस्था र संविधान जोगाउन राष्ट्रिय सहमति आवश्यक : रामचन्द्र पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति आजको आवश्यकता भएको बताएका छन् ।

“हामीले ७० वर्षसम्म लडेर प्राप्त गरेको लोकतन्त्रलगायतका उपलब्धी रक्षाका लागि राष्ट्रिय सरकारको आवश्यकता छ भन्ने लाग्छ”, भने भने, “अहिलेको परिवर्तन, व्यवस्था र संविधानलाई जोगाउनका लागि राष्ट्रिय सहमति आवश्यक छ ।”

आज काठमाडौंमा आयोजित प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व र अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले प्राप्त उपलब्धी संस्थागत गर्न तथा संविधान जोगाउनका लागि एकसाथ जानुको विकल्प नभएको जिकिर गरे ।

संविधान निर्माणपछि केही समूहहरु अस्थिरताका लागि काम गर्दै आएको भन्दै उहाँले सत्ताभन्दा पहिले व्यवस्थाका लागि लड्नुपर्ने बताए । संविधान जारी भएपछिको पहिलो निर्वाचनदेखि नै आफूले राजनीतिक क्रान्ति पूरा भएकाले अब आर्थिक क्रान्तिमा जानुपर्ने भन्दै आएको उनको भनाइ छ ।

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)लगायतका दलहरुबीचको गठबन्धन भत्किँदा नेपाली कांग्रेसले सत्ता गुमाएको तर त्यसोभन्दा ठूलो अस्थिरता निम्तने खतरा बढ्छ कि भन्ने चिन्ता आफूलाई लागेको उनको भनाइ छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  २ : १५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज