१४ माघ २०८२, बुधबार | January 28, 2026

लुम्बिनी विश्वबिद्यालयको वोर्ड सदस्यमा एमाले नेता नारायण भुसाल नियुक्त



बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालय बोर्ड सदस्यमा बुटवल ११ का नारायणप्रसाद भुसाल नियुक्त भएका छन् । मुख्यमन्त्री कूलप्रसाद केसीले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य भुसाललाई विश्वबिद्यालयको बोर्ड सदस्यमा नियुक्त गरेका हुन् ।

विश्वविद्यालयको कूलपतिको हैसियतले भुसाललाई बोर्डमा नियुक्त गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । विश्वबिद्यालयमा कुलपतिमा मुख्यमन्त्री र उपकूलपति शिक्षामन्त्री रहने व्यवस्था रहेको छ ।

लुम्बिनी प्रदेश सरकारका मुख्य ४ गौरवका आयोजनामा विश्वबिद्यालय संचालन गर्ने योजना प्रमुखताका साथ राखिएको छ । विश्वविद्यालय सञ्चालनका लागि मुख्यमन्त्री केसीले साउन १६ गते उपकूलपतिमा रुपन्देहीका विनोद ढकाल तथा २० गते रजिष्टारमा रोल्पाका रेग भण्डारीलाई नियुक्त गरी सकेका छन् । बाँकेको खजुरामा केन्द्रीय कार्यालय स्थापना गरी कार्य सञ्चालन गरिएको छ भने विश्वबिद्यालय संचालनका लागि खजुरा गाँउपालिकाको वडा नम्बर ८ स्थित रनियापुर क्षेत्रमा १ सय बिगाहा जग्गा भोगाधिकारका लागि संघीय सरकारसँग माग गरिएको छ ।

निर्माण ब्यसायी समेत रहेका भुसाल सामाजिक क्षेत्रमा पनि सक्रिय छन् ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ९ : १६ बजे

गुल्मीमा बोलेको अभिव्यक्तिले सागर ढकाल सामाजिक सञ्जालमा आलोचनाको घेरामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट गुल्मी क्षेत्र

विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन

काठमाडौं । भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजीत पवार सवार निजी

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली । दुधौली नगरपालिका-१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ । मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन । मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण