६ पुस २०८२, आइतबार | December 21, 2025

बुर्किना फासोमा हिंसाः २८ जनाको शव भेटियो



बुर्किना फासो । बुर्किना फासोको उत्तर-पश्चिमी सहर नोउनामा गोली हानी मारिएका २८ जनाको शव फेला परेको सरकारले जनाएको छ ।

एक नागरिक समाज समूहले फेला परेका शव जिहादीविरुद्ध लडिरहेको सरकार समर्थित स्वयंसेवी बलका सदस्य भएको दाबी गर्दै सशस्त्र नागरिकहरूलाई हत्याको दोष लगाए ।

दाबीबारे सरकारले कुनै टिप्पणी गरेको छैन तर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। बुर्किना फासो एक दशक लामो विद्रोहको चपेटामा परेको छ, जसका कारण झण्डै २० लाख मानिसहरूलाई विस्थापित गरेको छ ।

सेनाले गत जनवरीमा बुर्किना फासोमा आक्रमणको अन्त्य गर्ने वाचा गर्दै सत्ता कब्जा गरेको थियो, तर हिंसा अझै चर्किरहेको छ । सरकारले ३० र ३१ डिसेम्बरमा शवहरू फेला पारेको बताएको छ । उसले ‘अस्वीकार्य हिंसा’ को निन्दा गरेको छ र शान्त हुन आह्वान गरेको छ ।

‘अनुसन्धानको नतिजा आउन बाँकी छ । सरकारले आतंकवाद विरुद्धको लडाईमा एकताबद्ध कार्यका लागि सम्पूर्ण जनतालाई परिचालन गर्न थालेको समयमा यो घटना भएको हो’, सरकारद्वारा जारी विज्ञप्तिमा थपिएको छ।

 

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ८ : १९ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा