१२ बैशाख २०८१, बुधबार | April 24, 2024

सुदूरपश्चिम प्रदेश काङ्ग्रेस संसदीय दलको नेतामा शाह सर्वसम्मत



धनगढी । सुदूरपश्चिम प्रदेशसभा कांग्रेस संसदीय दलको नेतामा प्रदेशसभा सदस्य कमल शाह सर्वसम्मत चयन भएका छन् ।

कैलाली क्षेत्र नम्बर-२ को प्रदेशसभा क क्षेत्रबाट निर्वाचित शाह प्रदेशसभा सदस्य बहादुर सिंह थापाको प्रस्ताव र प्रकाशबहादुर शाहको समर्थनमा सर्वसम्मत संसदीय दलको नेतामा चयन भएका हुन् ।

कांग्रेस संसदीय दलको नेताका लागि ७ जना आकांक्षी रहेपछि प्रदेश कमिटीले बुधबार निर्वाचनमार्फत नेता चयन गर्ने प्रक्रियाअघि बढाएको थियो ।

निर्वाचनका लागि उम्मेदवारी मनोनय गर्दा भने कमल शाहको मात्रै उम्मेदवारी परेपछि उनलाई निर्वाचन समितिले सर्व सम्मत संसदिय दलको नेताचयन भएको घोषणा गरेको कांग्रेसका प्रदेश समितिका उपसभापति तथा निर्वाचन समितिका संयोजक लोकराज अवस्थीले बताए ।

शाहलाई समर्थन गरेका प्रदेशसभा सदस्य बहादुरसिंह थापा र प्रस्तावक प्रकाश बहादुर देउवा पनि संसदीय दलको नेताका लागि आकांक्षि रहेका थिए ।

यसबाहेक कांग्रेस संसदीय दलका लागि प्रदेश सभा सदस्य दिवानसिंह विष्ट, मानबहादुर रावल, मेघराज खडका पनि आकांक्षि रहेका थिए ।

कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ४ : ०९ बजे

‘भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न

रुपन्देहीको मोर्डन स्कुलको वार्षिक उत्सव सम्पन्न

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका बुद्धनगरमा रहेको रुपन्देही मोर्डन बोडिङ्ग

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा