१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सुदूरपश्चिम प्रदेश काङ्ग्रेस संसदीय दलको नेतामा शाह सर्वसम्मत



धनगढी । सुदूरपश्चिम प्रदेशसभा कांग्रेस संसदीय दलको नेतामा प्रदेशसभा सदस्य कमल शाह सर्वसम्मत चयन भएका छन् ।

कैलाली क्षेत्र नम्बर-२ को प्रदेशसभा क क्षेत्रबाट निर्वाचित शाह प्रदेशसभा सदस्य बहादुर सिंह थापाको प्रस्ताव र प्रकाशबहादुर शाहको समर्थनमा सर्वसम्मत संसदीय दलको नेतामा चयन भएका हुन् ।

कांग्रेस संसदीय दलको नेताका लागि ७ जना आकांक्षी रहेपछि प्रदेश कमिटीले बुधबार निर्वाचनमार्फत नेता चयन गर्ने प्रक्रियाअघि बढाएको थियो ।

निर्वाचनका लागि उम्मेदवारी मनोनय गर्दा भने कमल शाहको मात्रै उम्मेदवारी परेपछि उनलाई निर्वाचन समितिले सर्व सम्मत संसदिय दलको नेताचयन भएको घोषणा गरेको कांग्रेसका प्रदेश समितिका उपसभापति तथा निर्वाचन समितिका संयोजक लोकराज अवस्थीले बताए ।

शाहलाई समर्थन गरेका प्रदेशसभा सदस्य बहादुरसिंह थापा र प्रस्तावक प्रकाश बहादुर देउवा पनि संसदीय दलको नेताका लागि आकांक्षि रहेका थिए ।

यसबाहेक कांग्रेस संसदीय दलका लागि प्रदेश सभा सदस्य दिवानसिंह विष्ट, मानबहादुर रावल, मेघराज खडका पनि आकांक्षि रहेका थिए ।

कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ४ : ०९ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो