८ बैशाख २०८१, शनिबार | April 20, 2024

बालुवाटारमा सरकार समर्थक दलहरुको बैठक



काठमाडौं । बालुवाटारमा सरकारलाई समर्थन गरेका दलहरुको बैठक बसेको छ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सरकार समर्थक दलहरूको शीर्ष नेताहरूको बैठक बसेको हो।

बुधबार अपरान्ह बसेको बैठकमा प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत, सरकारका न्यूनतम साझा कार्यक्रम र समसामयिक राजनीतिलगायत विषयमा छलफल भएको छ । यस्तै विश्वासको मत लगत्तै हुने मन्त्रिपरिषद् विस्तारमा कुन दलले कुन मन्त्रालय लिने भन्ने बारे पनि सामान्य छलफल भएको छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पद बाँडफाँटका विषय पनि छलफलको विषय बनेको छ ।

बैठकमा रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा उप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ५ : १५ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन