४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानमन्त्री कार्यालयद्वारा राहदानी विभागको प्राविधिक शाखा निरीक्षण



काठमाडौं । राहदानी विभागले सफ्टवेयरमा देखिएको समस्याका कारण सेवा प्रवाह गर्न नसक्ने बताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सूचना तथा प्रविधि टोलीले विभागको त्रिपुरेश्वरस्थित कार्यालयको निरीक्षण गरेको छ।

टोलीले विभागका महानिर्देशक, प्रशासन र सफ्टवेयरको प्राविधिक सपोर्ट गर्ने टीमसँग अहिले देखिएको समस्याका बारेमा विस्तृत छलफल गरेको छ।

प्रधानमन्त्री कार्यालयको प्राविधिक टीमले सम्झौताअनुसार कम्पनिले समस्या हल नगरेको र कम्पनिका कारण जनताले सास्ती भोग्नुपरेकाले तत्काल समस्या हल गर्न निर्देशन दियो। यसका लागि कम्पनिको केन्द्रीय कार्यालयबाट नै प्राविधिक झिकाएर तत्काल समस्या समाधान गर्न निर्देशन दिएको छ।

छलफलमा सेवाग्राहीले लामो समय लाइनमा नबसी राहदानी पाउने व्यवस्थाका लागि आवश्यक संरचनात्मक तथा नीतिगत सुधार वा परिमार्जनका लागि तत्काल कार्ययोजना बनाउनसमेत जोड दिएको छ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ५ : ४४ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज