३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

राहदानी विभागले घोडेजात्राको बिदाको दिन पनि सेवा दिने



काठमाडौं । राहदानी विभागले मङ्गलबार अर्थात् घोडेजात्राको बिदाका दिन पनि आफ्नो सेवा दिने भएको छ । सरकारले घोडेजात्राका अवसरमा मङ्गलबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको छ ।

विभागका सूचना अधिकारी खिमानन्द भुसालले मङ्गलबार बिहान १० देखि दिउँसो साढे २ः३० बजेसम्म विभाग खुल्ने र सेवा प्रदान गरिने बताए । उनले भने, “भोलि मङ्गलबारका लागि आठ सय जनाले राहदानीका लागि फम भरेका र बिदा परेकाले पनि हामीले २ः३० बजेसम्म हाम्रो सेवा दिनेछौँ ।”

यसैगरी, विभागले मङ्गलबार बिदाका दिनमा पनि आफ्नो सेवा दिने विषयमा एक सूचनासमेत सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ८ : ४७ बजे

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

काठमाडौँ । विश्व बैङ्कले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने

प्रतिनिधिसभा सचिव अधिकारीले लिए शपथ

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई

रास्वपा सांसद पराजुलीको अभिव्यक्ति अभिलेखबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सत्तारुढ रास्वपाका सांसद गणेश पराजुलीले

प्रतिनिधिसभामा नीति तथा कार्यक्रम माथिको छलफल जारी

काठमाडौं । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को सरकारको वार्षिक

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य