१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

आहारारा गोल्डकप : एपिएफलाई हराउँदै संकटा फाइनलमा



पोखरा । संकटा क्लब २२ औं आहारारा पोखरा गोल्डकप प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लवलाई ४-१ गोल अन्तरले पराजीत गरी संकटा फाइनल प्रवेश गरेको हो ।

संकटाको जितमा स्टेफन विनोङ र मेसुके ओलामाउले २/२ गोल गरेका थिए । एपीएफका तर्फबाट हरि कार्कीले सान्त्वना गोल फर्काए ।

खेल सुरु भएको ४ मिनेटमै संकटाका लागि स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाए । ४२ औं मिनेटमा मेसुके ओलामाउले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा २ गोलले पछि परेको एपिएफका विरुद्ध ६० औं मिनेटमा पुनः स्टेफन बिनोङलेले व्यक्तिगत दोस्रो तथा टीमका लागि तेश्रो गोल गरे ।

७३ औं मिनेटमा एपीएफका लागि कार्कीले सान्त्वता गोल गरेपनि जितका लागि पर्याप्त भएन । ८५ औं मिनेटमा संकटाकै मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै टीमलाई ४-१ को जीत निकाले । दोश्रो सेमिफाइनल खेल विहिबार पोखरा रंगशालामा हुनेछ ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ७ : ३६ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’