६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

आहारारा गोल्डकप : एपिएफलाई हराउँदै संकटा फाइनलमा



पोखरा । संकटा क्लब २२ औं आहारारा पोखरा गोल्डकप प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लवलाई ४-१ गोल अन्तरले पराजीत गरी संकटा फाइनल प्रवेश गरेको हो ।

संकटाको जितमा स्टेफन विनोङ र मेसुके ओलामाउले २/२ गोल गरेका थिए । एपीएफका तर्फबाट हरि कार्कीले सान्त्वना गोल फर्काए ।

खेल सुरु भएको ४ मिनेटमै संकटाका लागि स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाए । ४२ औं मिनेटमा मेसुके ओलामाउले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा २ गोलले पछि परेको एपिएफका विरुद्ध ६० औं मिनेटमा पुनः स्टेफन बिनोङलेले व्यक्तिगत दोस्रो तथा टीमका लागि तेश्रो गोल गरे ।

७३ औं मिनेटमा एपीएफका लागि कार्कीले सान्त्वता गोल गरेपनि जितका लागि पर्याप्त भएन । ८५ औं मिनेटमा संकटाकै मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै टीमलाई ४-१ को जीत निकाले । दोश्रो सेमिफाइनल खेल विहिबार पोखरा रंगशालामा हुनेछ ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ७ : ३६ बजे

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए

ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक

काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज

ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

गाजापट्टी । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई