२ फाल्गुन २०८२, शनिबार | February 15, 2026

मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंगियो, लुम्बिनीमा लिला गिरी ५ वर्षकै लागि मुख्यमन्त्री बन्दै



काठमाडौं । सत्ता साझेदार दलहरुको बैठकले प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंग्याएका छन् । दलहरुले आइतबार साँझ सातवटै प्रदेशको प्रमुख तीन पदको भागवण्डा टुंग्याएका हुन् ।

४ वटा प्रदेशमा ५ वर्ष पुरा कार्यकाल एक दलको नेतृत्व रहने छ भने बाँकी ३ प्रदेशमा आलोपालो गर्नेगरि सरकार र अन्य मुख्य पदमा भागवण्डा मिलाईएको छ । दलहरुको सहमति अनुसार प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णालीमा ५ वर्ष नै एकल नेतृत्वको सरकार बन्ने छ भने मधेश, बाग्मती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आलोपालो हुनेछ ।

सहमतिअनुसार प्रदेश १ मा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भइसकेका छन् । सत्ता साझेदार दलहरु माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थनमा एमाले संसदीय दलका नेता कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश १ मा माओवादी केन्द्रले सभामुख र एमालेले उपसभामुख लिने सहमति भएको छ । यी पदहरु ५ वर्षकै लागि तय गरिएको हो ।

गण्डकी प्रदेशमा एमालेले ५ वर्ष मुख्यमन्त्री चलाउनेछ भने सभामुख माओवादी र उपसभामुख एमालेले लिनेछ । त्यसैगरि लुम्बिनीमा पनि एमालेले ५ वर्षकै लागि मुख्यमन्त्री लिनेछ भने माओवादीले सभामुख र राप्रपाले उपसभामुख पाउने भएको छ । कर्णाली प्रदेशमा माओवादीले ५ वर्ष मुख्यमन्त्री पाउँदा एमालेले सभामुख र माओवादी केन्द्रले उपसभामुख पाउने छ ।

बैठकले गरेको सहमतिअनुसार मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले मुख्यमन्त्रीमा आलोपालो गर्ने छन् । मधेशमा एमालेले ५ वर्षकै लागि सभामुख पाउँदा उपसभामुख जसपा र जनमत पार्टीले आलोपालो चलाउने छ ।

त्यसैगरि बागमती प्रदेशमा मुख्यमन्त्री र उपसभामुखमा माओवादी केन्द्र र एमालेको आलोपालो हुने छ । पहिलो चरणमा माओवादीले मुख्यमन्त्री लिनेछ भने एमालेले उपसभामुख लिनेछ । भागवण्डामा राप्रपाले भने सभामुख पाएको छ । सभामुख ५ वर्षकै लागि हुने सहमति भएको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री र सभामुखमा एमाले र माओवादी केन्द्रबीच आलापालो हुने भएको छ । पहिलो चरणमा एमालेले मुख्यमन्त्री लिँदा माओवादीले सभामुख पाउनेछ । नेताहरुले नागरिक उन्मुक्ति पार्टीलाई उपसभामुख लिन प्रस्ताव गर्ने सहमति गरेका छन् । मुख्यमन्त्री कै दाबी गरेको उन्मुक्तिले यस सम्बन्धको कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन ।

फोटो : पत्रकार अमृत गिरीको वालबाट

 

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ११ : ०७ बजे

रहेनन् राजनीतिज्ञ विश्वबन्धु थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पुराना राजनीतिज्ञ

निर्वाचन प्रयोजनका लागि बाँकेमा आठ उम्मेदवारको मात्र बैङ्क खाता

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार

महाशिवरात्रीमा होटल पौवाका सबै शाखाहरुमा धुनी जगाउँदै भजनकिर्तन गरिने

नेपालगन्ज । होटल पौवाले यसवर्ष पनि महाशिवरात्रि पर्वलाई देशभरका शाखाहरुमा

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की । पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

खासमा बंगलादेशमा भएको के हो ? यताको न्यारेटिभ वार के हो ?

काठमाडौं । युवा विद्रोहले बंगलादेशमा शेख हसिनाको सत्ता पल्टाएको डेढ