५ पुस २०८२, शनिबार | December 20, 2025

हाम्रो माग पूरा गर्ने सर्तमा सरकारलाई समर्थन : जनमत पार्टी अनिता देवी



काठमाडौं । जनमत पार्टीकी सांसद अनिता देवीले आफ्नो पार्टीको माग र प्रतिबद्धता पूरा गर्ने सर्तमा सरकारलाई समर्थन रहेको बताएकी छिन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि राखेको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले आफ्नो पार्टीका मुख्य अजेन्डाहरु पनि प्रस्तुत गरिन् ।

नागरिकता विधेयक पारित गर्ने र नागरिकताको समस्या सधैंको लागि समाधान गर्ने, किसान आन्दोलनका मागहरु सम्बोधन गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा सकारात्मक प्रगति गर्ने र सकारात्मक वातावरण सिर्जना गर्ने लगायतका अजेन्डाहरु उनले प्रस्तुत गरिन् ।

उनले जनमत पार्टीलाई काखापाखा नगरी अगाडि बढ्न अन्य पार्टीलाई अनुरोध गरिन् । थ्रेस होल्ड राखी नयाँ पार्टीलाई आउन गाह्रो बनाइएकोमा उनको असन्तुष्टि थियो ।

प्रतिनिधि सभामा जनमत पार्टीको ६ सिट छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ३ : ५४ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता