३० भदौ २०८३, मंगलबार | September 15, 2026

जनमत पार्टीको राष्ट्रिय परिषद् समन्वय बैठक भदौ अन्तिममा



काठमाडौं । जनमत पार्टीको राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण यही भदौ अन्तिमदेखि सुरु हुने भएको छ ।

पार्टीका केन्द्रीय प्रवक्ता डा शरद् सिंह यादवले उक्त बैठक तथा प्रशिक्षण भदौ ३० गतेदेखि आगामी असोज ५ गतेसम्म सञ्चालन हुने जानकारी दिए ।

बाँकेबाट सुरु हुने समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम बर्दिया, कञ्चनपुर, कैलाली, नवलपरासी, रुपन्देही र कपिलवस्तुमा आयोजना हुने प्रवक्ता यादवले बताए । उनका अनुसार सो कार्यक्रममा राष्ट्रिय परिषद् अध्यक्ष तथा सङ्गठन विभाग प्रमुख डा जयकान्त राउत र परिषद्का सदस्य, प्रदेश सदस्य, जिल्ला इञ्चार्ज, पालिका र वडाध्यक्ष तथा सचिवहरूको उपस्थिति हुनेछ ।

प्रवक्ता यादवले आज बैठकबारे सूचना जारी गर्दै अनिवार्य रूपमा तीन पटक बैठक बसेको विस्तृत जानकारी भएको विवरणको फोटोकपीसहित उपस्थित हुन सङ्गठन विभाग प्रमुख, प्रदेश सदस्य, जिल्ला इञ्चार्ज, पालिका प्रमुख, वडाध्यक्षलगायत सबैलाई अनुरोध गरे ।

प्रकाशित मिति : १८ भदौ २०८२, बुधबार  ५ : ०५ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ