३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

लुम्बिनी प्रदेशको सीमाङ्कन तथा नामाङ्कन परिवर्तन गराउन जनमतले नेतृत्व गर्ने



काठमाडौं । जनमत पार्टीले मधेस–थरूहट आन्दोलनको मर्म बमोजिम लुम्बिनी प्रदेशको सीमाङ्कन तथा नामाङ्कन परिवर्तन गराउन नेतृत्व गर्ने निर्णय गरेको छ ।

पर्सा जिल्लाको वीरगञ्जमा आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पहिचानको आन्दोलनको नेतृत्व गर्नेसहितका विभिन्न विषयमा ११ बुँदे निर्णय गरेको हो । पार्टीका प्रवक्ता डा शरदसिंह यादवले प्रदेश एकमा चलिरहेको पहिचान आन्दोलनको मर्म बमोजिम पहिचानसहितको प्रदेश सीमाङ्कन तथा नामाङ्कन गर्न आन्दोलनको नेत्तृत्व गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले १० गुणा सङ्गठन विस्तार गर्ने लक्ष्य लिई काम गर्ने निर्णय गरेको उनले बताए । उनले भने, “आगामी रणनीति विषयमा छलफल हुँदा सडक, सदन र सरकार तीनै मोर्चाको लागि सशक्त तयारी गर्ने निर्णय भएको छ ।”

शनिबार र आइतबार दुई दिन, पार्टीका अध्यक्ष डा सीके राउतको अध्यक्षतामा बसेको उक्त बैठकले कार्यप्रगति समीक्षा विषयमा छलफल गरेको थियो । बैठकले सङ्गठन विस्तार विषयमा सदस्यता अभियान चलाउने, पार्टी प्रवेश कार्यक्रममा तीव्रता दिने, भातृसङ्गठनको गठनमा जोड दिने, अहिलेसम्म नपुगेका वर्ग, समुदाय, उमेर समूह, व्यवसाय समूह र क्षेत्रसम्म पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टीले आगामी जेठ १५ गते काठमाडौँमा सञ्चालन गर्ने आमसभालाई भव्यताका साथ सम्पन्न गर्न तयारीबारे निर्णय गरेको छ । प्रवक्ता यादवले भने, “सदस्यता र सङ्गठन विस्तार, पार्टी प्रवेश तथा अधिवेशनका कार्यक्रमका साथ–साथै सशक्त आन्दोलनका लागि युवादस्ता गठन तथा प्रशिक्षणमा विशेष जोड दिने निर्णय गरेका छौँ ।”

प्रदेशहरूलाई अधिकार सम्पन्न र प्रभावकारी बनाउन आवश्यक ऐन कानुन तत्काल निर्माण गराउन पहल गर्ने, आर्थिक मन्दीका कारण थला परेका उद्योग व्यवसायको समस्या तत्काल समाधानका लागि सरकारलाई दबाब दिने र आगामी रोपाई यामको लागि किसानलाई मलखाद र बीउविजनको समयमै सहज उपलब्धताको लागि सरकारलाई दबाब दिने निर्णय पनि बैठकले गरेको छ ।

मधेसमा गर्मीयाममा हुने गरेको खानेपानीको अभावको समस्याका लागि पूर्वतयारी गर्न स्थानीय सरकारलाई आवश्यक बजेट प्रदान गर्न सङ्घीय सरकारलाई दबाब दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ९ : ०३ बजे

सरकारी राँगोको मार हान्न पाँच लाख ५ हजार रूपैयाँ बोलकबोल

म्याग्दी । रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको

पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

चितवन । चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै

कास्की । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा खेलाडी छनोट