३१ श्रावण २०८३, आइतबार | August 16, 2026

लुम्बिनी प्रदेशको सीमाङ्कन तथा नामाङ्कन परिवर्तन गराउन जनमतले नेतृत्व गर्ने



काठमाडौं । जनमत पार्टीले मधेस–थरूहट आन्दोलनको मर्म बमोजिम लुम्बिनी प्रदेशको सीमाङ्कन तथा नामाङ्कन परिवर्तन गराउन नेतृत्व गर्ने निर्णय गरेको छ ।

पर्सा जिल्लाको वीरगञ्जमा आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पहिचानको आन्दोलनको नेतृत्व गर्नेसहितका विभिन्न विषयमा ११ बुँदे निर्णय गरेको हो । पार्टीका प्रवक्ता डा शरदसिंह यादवले प्रदेश एकमा चलिरहेको पहिचान आन्दोलनको मर्म बमोजिम पहिचानसहितको प्रदेश सीमाङ्कन तथा नामाङ्कन गर्न आन्दोलनको नेत्तृत्व गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले १० गुणा सङ्गठन विस्तार गर्ने लक्ष्य लिई काम गर्ने निर्णय गरेको उनले बताए । उनले भने, “आगामी रणनीति विषयमा छलफल हुँदा सडक, सदन र सरकार तीनै मोर्चाको लागि सशक्त तयारी गर्ने निर्णय भएको छ ।”

शनिबार र आइतबार दुई दिन, पार्टीका अध्यक्ष डा सीके राउतको अध्यक्षतामा बसेको उक्त बैठकले कार्यप्रगति समीक्षा विषयमा छलफल गरेको थियो । बैठकले सङ्गठन विस्तार विषयमा सदस्यता अभियान चलाउने, पार्टी प्रवेश कार्यक्रममा तीव्रता दिने, भातृसङ्गठनको गठनमा जोड दिने, अहिलेसम्म नपुगेका वर्ग, समुदाय, उमेर समूह, व्यवसाय समूह र क्षेत्रसम्म पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टीले आगामी जेठ १५ गते काठमाडौँमा सञ्चालन गर्ने आमसभालाई भव्यताका साथ सम्पन्न गर्न तयारीबारे निर्णय गरेको छ । प्रवक्ता यादवले भने, “सदस्यता र सङ्गठन विस्तार, पार्टी प्रवेश तथा अधिवेशनका कार्यक्रमका साथ–साथै सशक्त आन्दोलनका लागि युवादस्ता गठन तथा प्रशिक्षणमा विशेष जोड दिने निर्णय गरेका छौँ ।”

प्रदेशहरूलाई अधिकार सम्पन्न र प्रभावकारी बनाउन आवश्यक ऐन कानुन तत्काल निर्माण गराउन पहल गर्ने, आर्थिक मन्दीका कारण थला परेका उद्योग व्यवसायको समस्या तत्काल समाधानका लागि सरकारलाई दबाब दिने र आगामी रोपाई यामको लागि किसानलाई मलखाद र बीउविजनको समयमै सहज उपलब्धताको लागि सरकारलाई दबाब दिने निर्णय पनि बैठकले गरेको छ ।

मधेसमा गर्मीयाममा हुने गरेको खानेपानीको अभावको समस्याका लागि पूर्वतयारी गर्न स्थानीय सरकारलाई आवश्यक बजेट प्रदान गर्न सङ्घीय सरकारलाई दबाब दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ९ : ०३ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो