१३ माघ २०८२, मंगलबार | January 28, 2026

नेपाल टि-२० : उपाधिका लागि विराटनगर र लुम्बिनी भिड्दै



काठमाडौं । नेपाल टि-२० क्रिकेट लिगको आज फाइनल खेल हुँदैछ । उपाधिका लागि विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार भिड्दैछन् ।

फाइनल खेल यी दुई टिमबीच कीर्तिपुर मैदानमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ । विराटनगर मंगलबार भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै उपाधि नजिकै पुगेको हो । त्यस्तै लुम्बिनी पनि पहिलो क्वालिफायरमा जनकपुरलाई ६ रनले हराउँदै फाइनलमा पुगेको हो ।

यो लिगको विजेताले ५५ लाख रुपैयाँ पाउनेछ । यस्तै उपविजेताले ३० लाख, तेस्रो हुनेले १० लाख र चौंथो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

पहिलो संस्करणको नेपाल टि-२० क्रिकेट लिगमा लुम्बिनी अल स्टार, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, काठमाडौं नाईट्स, पोखरा एभेन्जर्स र फार वेस्ट युनाईटेड गरी ६ टोलीको सहभागिता थियो ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ८ : ५६ बजे

अख्तियारद्वारा भरतपुरका तत्कालीन वरिष्ठ इञ्जिनियर आचार्यविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ

संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका

स्वास्थ्य बीमाको जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको सार्वजनिक अपिल

काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको महत्त्वपूर्ण

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य