२२ भदौ २०८३, सोमबार | September 7, 2026

युएईविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल



काठमाडौं । आइसिसी पुरुष टि-ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरूद्धको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

ओमान क्रिकेट एकेडेमीको मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय लिए । नेपाल समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो । नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो ।

युएई पनि समूह ‘ए’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो । समूह चरणमा युएईले कतार र मलेसियालाई हराएको थियो । समूह चरणको छनोट खेलमा नेपाल र युएई अपराजित छन् । दुवै टोलिसँग समान दुई–दुई अङ्क छन् ।

विश्वकप छनोटमा सहभगिता जनाउनको लागि पनि आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ४ : १५ बजे

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको