२२ भदौ २०८३, सोमबार | September 8, 2026

१७ डीआईजीको काज सरुवा, लुम्बिनीमा टेक प्रसाद राई



काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयबाट बिहीबार गरिएको काज सरुवा अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरलाई मधेश प्रधेश प्रहरी प्रमुखकारुपमा जिम्मेवारी दिइएको छ भने मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको जिम्मेवारी पाएका छन् । कर्णाली प्रदेश प्रमुखको जिम्मेवारीमा रहेका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा तानिएका छन् भने डीआईजी भीमप्रसाद ढकाललाई कर्णाली प्रदेश पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा पठाईँदा डीआईजी अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् । प्रहरी प्रवक्ता रहेका टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रमुखका रुपमा दाङको खटाइएको छ भने गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङले पाएका छन् ।

प्रदेश १ प्रहरी कार्यालय, विराटनगरको नेतृत्व श्यामलाल ज्ञवालीले पाएका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा थिए । विमानस्थलमा किरण राणा खटाइएकी छन् । विशेष ब्यूरोमा सुदीप गिरी पुगेका छन् । लुम्बिनी प्रहरी प्रमुख नलप्रसाद उपाध्यायलाई प्रहरी प्रतिस्थानमा खटाइएको छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ३ : ५७ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार