६ पुस २०८२, आइतबार | December 21, 2025

अर्थमन्त्री पौडेलले भने, ‘उद्योगी व्यवसायीलाई निरास हुन दिन्न’



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीलाई निराशा हुन नदिने प्रतिबद्धता ब्यक्त गरेका छन् । गरी काम गर्ने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यवसायीहरुलाई निराशा हुनु नपर्ने गरी काम गर्ने बताएका हुन् ।

उनले व्यवसायीहरुको माग छलफल र अध्ययन गरी उचित मागलाई सम्बोधन गर्ने प्रतिवद्धता गरे । उनले सरकारले व्यवसायीहरुको माग र सुझावहरुलाई तत्काल समाधान गर्न नसके पनि छलफल र संवादका माध्यमबाट बिस्तारै सम्बोधन गर्ने जनाए। उद्योगी व्यवसायीहरुले उठाएका उचित मागलाई सकारात्मक रुपमा लिएको बताउँदै अर्थमन्त्री पौडेलले मन्त्रालयमा कामको चाङ लागेकाले सबै विषयमा व्यापक छलफल गर्न नसकिएको बताए ।

आफुले यस्तै गर्छु भनेर नबोल्ने बताउँदै उनले व्यवसायीले उठाएका विषयहरुलाई छलफल गरेर समाधान निकाल्ने बताए । ‘व्यवसायीहरुले दिएका उचिव सुझाव र सल्लाहलाई ग्रहण गरिने छ,’ उनले भने, ‘त्यसले गर्दा महासंघले राखेका माग र सुझावहरुलाई ग्रहण गर्दै व्यवसायीहरुलाई निराश हुन नदिने गरी कोशिस गर्छु ।’

 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १० : ०१ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको