५ माघ २०८२, सोमबार | January 19, 2026

उमेर पुगेका गैरदलितले दलितसँग विवाह गरे छायाँनाथले एक लाख दिने



मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले उमेर पुगेका गैरदलितले दलितसँग विवाह गरे एक लाख रुपैयाँ प्रदान गर्ने भएको छ।

भर्खरै सम्पन्न नगरपालिकाको १२औँ विधेयक नगरसभाले जातिय विभेदविरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका गैरदलितले दलित सँग विवाह गरे छायानाथ रारा नगरपालिकाले प्रोत्साहन स्वरूप एक लाख उपलब्ध गराउने भएको हो।

नगरप्रमुख विष्णुकुमार भामले छुवाछुत अन्त्य र दलितको हक अधिकारका लागि दलित नीति नियमावली २०७९ सभाबाट बहुमतले पास भएको जानकारी दिए। पालिकाभित्रका १ देखि १४ वडा सम्मका एक हजार ३०० दलित घरधुरी छन्। उनले संस्कृति, बाजा र सीपमूलक आर्यआजनका लागि प्रति घरधुरीलाई पहिलो चरणमा दुई हजार ५०० का दरले दलित भत्ता उपलब्ध गराउने बताए। आफ्नो पाँच वर्षे कार्यकालमा पाँच हजारसम्म पुर्‍याउने लक्ष्य रहेको उनको भनाइ छ ।

विधेयक नगरसभाबाट विभिन्न १० वटा नीति, नियमावली, कार्यविधि र निर्देशिका बहुमतले पारित गरेको छ। युवालाई कुलतमा फस्न नदिन नगरस्तरीय सुधारगृह सञ्चालन कार्यविधि २०७९ र अपांगता नियमावली २०७९ पारित भएको छ। यस्तै नगर बस सञ्चालन कार्यविधि २०७९, व्यावसायिक दर्ता तथा नवीकरण कार्यनिर्देशिका २०७९, महिला हेल्प डेस्क कार्यविधि, महिलासँग उपप्रमुख कार्यक्रम सञ्चालन कार्यविधि, खानेपानी तथा सरसफाई निर्देशिका नियमावली र विपत् जोखीम न्यूनीकरण नियमावली २०७९ सभाबाट पारित भएको छ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  १२ : २० बजे

सबै उम्मेदवारको टुंगो आजै लाग्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनका लागि

टिकट बाँडफाँडमा सहमतिको खोजी : कांग्रेसका तीन समूहबीच छलफल

काठमाडौं । नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते

मेची भन्सार : छ महिनामा सात अर्ब १९ करोडको अलैंची निर्यात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक

पूर्वमन्त्री यादव एमाले प्रवेश, पर्सा-१ बाट उम्मेदवार बन्ने तयारी

काठमाडौं । पूर्वमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता

एमालेको समानुपातिक बन्द सूचीमा रूपन्देहीबाट एजाज आलमको नाम समावेश

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फको बन्द सूचीमा