२७ भदौ २०८३, शनिबार | September 12, 2026

एमालेको समानुपातिक बन्द सूचीमा रूपन्देहीबाट एजाज आलमको नाम समावेश



काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फको बन्द सूचीमा रूपन्देहीबाट एजाज आलमको नाम थप गरेको छ । यसअघि सार्वजनिक गरिएको समानुपातिक सूचीमा रूपन्देही जिल्लाबाट एक जना पनि उम्मेदवार नसमेटिएको भन्दै पार्टीभित्र र बाहिर आलोचना हुँदै आएको थियो ।

जिल्लाका नेता तथा कार्यकर्ताहरूको दबाब र आलोचनापछि एमालेले सूची संशोधन गर्दै एजाज आलमको नाम समावेश गरेको हो । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको समानुपातिक बन्द सूचीअनुसार आलमलाई मुस्लिम पुरुष कोटाबाट पहिलो नम्बरमा राखिएको छ ।

एजाज आलम हाल नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य छन् । उनी उद्योग-व्यवसाय क्षेत्रमा परिचित व्यक्तित्वका रूपमा चिनिन्छन् । आलम रूपन्देही उद्योग संघका पूर्व अध्यक्ष भइसकेका छन् भने हाल नेपाल उद्योग परिसंघ (सीएनआई) लुम्बिनी प्रदेश अध्यक्ष तथा औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्षको जिम्मेवारीमा छन् ।

सानो उमेरदेखि नै उद्योग, व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय आलमको अगुवाइमा बुटवलमा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल सञ्चालनमा रहेको छ । सो अस्पतालका अध्यक्षसमेत रहेका आलम सामाजिक सेवामा पनि उल्लेख्य योगदान दिँदै आएका छन् ।

एमालेले समानुपातिक सूचीमा रूपन्देहीबाट प्रतिनिधित्व सुनिश्चित गरेसँगै जिल्लाका नेता-कार्यकर्ताले पार्टी नेतृत्वको निर्णयलाई सकारात्मक रूपमा लिएका छन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ८ : २६ बजे

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित

मेरो खजुरा

त्यो बिहानले सूर्यको कलिलो किरण मात्रै ल्याएको थिएन भयावह त्रासदी