काठमाडौं । पोखरामा आइतबार बिहान यति एयरको जहाज दुर्घटनाग्रस्त भएको छ ।
सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको सो जहाजमा चालक दलका २ सदस्य, २ एयर होस्टेज र ६८ जना यात्रु रहेका थिए ।
बिहान १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन एसीएनसी कल साईनको सो जहाज र नयाँ र पुरानो विमानस्थलबीच रहेको सेती खोंचमा खसेको थियो । त्यस लगत्तै जहाजमा आगो लागेको थियो ।
६८ यात्रुमध्ये ६२ जना बयस्क रहेका थिए भने ३ जना शिशु र ३ जना बालबालिका रहेका थिए ।
दुर्घटनास्थलमा उद्दारकार्य जारी रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।



















प्रतिक्रिया