काठमाडौं । चालकदलका सदस्यसहित ७२ जना यात्रु बोकेको यति एयरको जहाज पोखरामा दुर्घटना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजका सबै कार्यक्रम रद्द गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आजका सबै कार्यक्रम रद्ध गरेको उनका स्वकीय सचिव रमेश मल्लले जनाएका छन् । प्रचण्डले त्रासदीपुर्ण र भयानक पोखरा विमान दुर्घटनाप्रति गहिरो दुख ब्यक्त गर्दै तत्काल उद्दारमा जुट्न राज्य संयन्त्रलाई निर्देशन दिएका छन् ।
दुर्घटनाबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद्को आकस्मिक बैठक पनि बोलाएकाछन् ।



















प्रतिक्रिया