काठमाडौं । पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेका ७२ जना यात्रुको शोकमा सरकारले भोलि सार्वजनिक विदाको घोषणा गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले भोलि शोक मनाउन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको जहाज पोखरा विमानस्थल नजिकै सेती खोँचमा दुर्घटनामा परेको थियो । सरकारले दुर्घटनाको जाँचबुझ गर्न छानविन आयोग समेत गठन गरेको छ ।



















प्रतिक्रिया