पोखरा । पोखराको सेती नदीको खोँचमा आज विहान भएको विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा राखिएको छ ।
अहिले शवको पहिचान गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिएका छन् । शवको सनाखत गर्न यात्रुका आफन्त तथा परिवारका सदस्यलाई देखाउन लागिएको अस्पताल प्रशासनले जनाएको छ ।
शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ । अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ ।
दिउँसो २ः१५ बजेसम्म एक बच्चासहित ३० जनाको शव अस्पताल ल्याइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा डा भरतबहादुर खत्रीले जानकारी दिएका छन् । उनका अनुसार हालसम्म मृतकको शव पहिचान भइसकेको छैन ।
(((



















प्रतिक्रिया