४ भदौ २०८३, बिहिबार | August 20, 2026

मन्त्रिपरिषद् विस्तार आज, दिउँसो १ बजे सपथ



काठमाडौं । मन्त्रिपरिषद् आज विस्तार हुँदै छ । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

शपथ दिउँसो १ बजे हुने तय गरिएको छ । सोमबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबन्डाको टुंगो लगाएको थियो ।

दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । नेकपा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । राप्रपाले पनि तीन मन्त्री र एक राज्यमन्त्री पाउनेछ । जनमत पार्टीले एक मन्त्री पाउनेछ । नागरिक उन्मुक्ति र लोसपालाई भागबन्डा गरिएको छैन ।

गठबन्धनमा भएको सहमति अनुसार रास्वपाले शिक्षा मन्त्रालय र श्रम मन्त्रालय पाएको छ । उपप्रधान तथा गृहमन्त्रालय यसअघि नै रवि लामिछानले पाइसकेका छन् । स्रोतका अनुसार रास्वपाले शिक्षा मन्त्रालयमा शिशिर खनाललाई पठाउने निर्णय गरिसकेको छ । श्रम मन्त्रालयमा भने तोक्न बाँकी छ । गठबन्धनबाट रास्वपाले पनि उपसभामुख पनि पाएको स्रोत बताउँछ ।

स्रोतका अनुसार राप्रपाले ऊर्जा मन्त्रालय, सहरी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पाएको छ ।

राष्ट्रपति र सभामुख पदमा गठबन्धनको तर्फबाट नेकपा (एमाले)का उमेदवार रहनेछन् । यी दुई पदसँगै सत्तारूढ सबैभन्दा ठूलो दल एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ८ : २९ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने