२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

रेखा, सुदन र अमनलाल माओवादीबाट मन्त्री बन्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रले रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीलाई मन्त्री बनाउने भएको छ ।

माओवादीले आज संचारमा रेखा शर्मा, पर्यटनमा किराँती र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मोदीलाई पठाउन लागेको बुझिएको छ ।

नयाँ मन्त्रीहरुको सपथ आजै दिउँसो १ बजे हुँदैछ ।

प्रतिनिधिसभा निर्वाचनमा दाङ २ बाट विजयी शर्माले एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी थिइन । यस्तै, किराँतीले भोजपुरमा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गरेका थिए । यसैगरी, मोदी मोरङबाट निरन्तर निर्वाचित हुँदै आएका छन् ।

सत्तासाझेदार दलहरुको हिजो बसेको बैठकमा माओवादीले थप तीन मन्त्री र एक राज्य मन्त्री पाउने सहमति भएको थियो । प्रधानमन्त्रीसहित पाँच मन्त्रालय पाएको माओवादीले सूचना तथा संचार, पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाएको छ । यसअघि भौतिक योजना तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठ बनिसकेका छन् । राज्यमन्त्रीको टुंगो भने माओवादीले लगाएको छैन ।

 

 

 

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ९ : ४८ बजे

नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका