५ माघ २०८२, सोमबार | January 19, 2026

आजको मौसम : सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना



काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भू-भागका आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ ।

दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम र कर्णालीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।
राति सुदूरपश्चिम र कर्णालीका एक वा दुई स्थानमा हल्का वर्षाको प्रक्षेपण गरिएको छ ।

शुक्रबार पनि सुदूरपश्चिम र कर्णालीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानसँगै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ७ : ३८ बजे

भूराजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट उम्मेदबार बनेँ : बाबुराम

गोरखा । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले व्यक्तिगत महत्वाकाङ्क्षाभन्दा पनि राष्ट्रिय

पत्रकारको प्रश्नमा झापा-५ बारे ओलीले भने – “के को इपिसेन्टर ? वाइहात!”

विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

रास्वपाले धादिङ-१ बाट आशिका तामाङलाई उम्मेदवार बनायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धादिङ-१ बाट सामाजिक अभियन्ता

काठमाडौं-५ मा नेकपाको उम्मेदवार कल्पना शर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि

रमेश मल्ललाई बनायो नेकपाले सल्यानको उम्मेदवार

काठमाडौं । एकमात्र निर्वाचन क्षेत्र रहेको सल्यान जिल्लामा नेपाली कम्युनिस्ट