१६ श्रावण २०८३, शनिबार | August 1, 2026

काठमाडौं-५ मा नेकपाको उम्मेदवार कल्पना शर्मा



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. ५ बाट कल्पना शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेकपाका सहसंयोजक माधवकुमार नेपालले सोमबार शर्मालाई औपचारिक रूपमा टिकट हस्तान्तरण गरेका छन् ।

पार्टीभित्र जुझारु, संगठनात्मक क्षमता भएकी र समुदायसँग नजिकबाट काम गर्दै आएकी नेतृका रूपमा परिचित शर्मा नेकपाको केन्द्रीय सदस्य हुन् । उनी साविकको नेकपा माओवादी केन्द्रको रसुवा जिल्ला इन्चार्जका रूपमा कार्यरत रहँदा संगठन विस्तार, जनसम्पर्क र पार्टी सुदृढीकरणमा उल्लेखनीय भूमिका खेलेकी नेतृका रूपमा चिनिन्छिन् ।

युवा पुस्तासँगै महिला, श्रमिक र सीमान्तकृत समुदायसँग सहज रूपमा घुलमिल हुन सक्ने क्षमता भएकी शर्माले यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा टोखा नगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेकी थिइन् । सो निर्वाचनमा उनले सशक्त उम्मेदवारी प्रस्तुत गर्दै स्थानीय स्तरमा राम्रो जनसमर्थन हासिल गरेकी थिइन् ।

नेकपाले काठमाडौं क्षेत्र नं. ५ मा परिवर्तन, समावेशिता र विकासलाई केन्द्रमा राखेर चुनावी अभियान अघि बढाउने तयारी गरेको जनाएको छ । शर्माको उम्मेदवारीले महिला नेतृत्वलाई थप सशक्त बनाउने र काठमाडौंमा पार्टीको आधार बलियो बनाउने अपेक्षा गरिएको छ ।

टिकट ग्रहणपछि प्रतिक्रिया दिँदै शर्माले काठमाडौं क्षेत्र नं. ५ का मतदातासँग नजिक रहेर काम गर्ने र जनताको आवाज संसदमा प्रभावकारी रूपमा उठाउने बताइन् । पार्टीको विश्वासप्रति आभार व्यक्त गर्दै जनताको समस्या, सुशासन, रोजगारी र समावेशी विकासलाई आफ्नो मुख्य एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  २ : ०३ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित