काठमाडौं, ५ माघ । प्रतिनिधिसभाको जारी बैठकमा मधेश आन्दोलनमा शहीद भएकाप्रति श्रद्धान्जली व्यक्त गरिएको छ ।
सभामुख चयन प्रक्रिया अघि बढिरहँदा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकान्त राउत (सिके राउत)ले मधेश आन्दोलनमा शहीद भएकाप्रति उठेर श्रद्धान्जली व्यक्त गर्न आग्रह गरे । त्यसपछि अधिकांश सांसदहरुले उठेर शहीदप्रति श्रद्धान्जली व्यक्त गरेका हुन् ।
शहीदप्रति पनि विभेद भएको भन्दै उनले आक्रोश पनि व्यक्त गरेका थिए ।
सरकार गठनका बेलामात्र राष्ट्रिय सहमतिको मात्र कुरा उठ्ने गरेको भन्दै उनले मधेशी, थारुसहितलाई बाहिर राखेर राष्ट्रिय सहमति नहुने बताए ।



















प्रतिक्रिया