३ असार २०८३, बुधबार | June 17, 2026

राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न



काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लि.को ५८ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालयहरु तथा विभिन्न शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको ५८औं वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै सर्वसाधारण प्रति बैंकिङ्ग संचेतना गर्ने उद्धेश्यले समाज प्रतिको उत्तरदायीत्व बहन गर्दै बैंकले वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको बताए ।
बैंकको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयहरुमा एकसाथ आयोजना भएको प्रभातफेरी कार्यक्रममा करिब एक हजारभन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धि बैंकको लोगो अंकित विभिन्न प्लेकार्ड बोकेर बाजा गाजा व्यानर सहित शुरु गरिएको उक्त प्रभातफेरीको ¥याली बैंकको केन्द्रीय कार्यालयबाट शुरु भई भद्रकाली, शहिदगेट, न्युरोड गेट, रत्नपार्क, बागबजार, पद्यकन्या कलेज, पुतलीसडक, पद्योदय मोड, राष्ट्रिय सभा गृह र पुनः भद्रकाली हुदैं केन्द्रीय कार्यालयमा पुगेर समापन भएकोे थियो ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु पवन रेग्मी, विनयरमण पौडेल र दुर्गाकुमारी कँडेल, रा.वा.बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संस्था कर्मचारी संघ, रा.वा.बैंकका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रा.वा.बैंकका अध्यक्ष दिपेन्द्र कार्की, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको भब्य उपस्थिति रहेको थियो ।

साथै, बैंकका प्रादेशिक कार्यालयहरु भएको सहर बिराटनगर, वीरगंज, पोखरा, नेपालगंज, सुर्खेत, धनगढी, शाखा कार्यालय भरतपुर, बुटवल र जनकपुरमा एकै पटक सोही प्रकारको प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।

बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता, आँखा परीक्षण, स्वास्थ्य परीक्षण, कार्यालयहरुको सरसफाई, हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम आयोजना भैरहको छ । यही माघ १० गते बैंक ५७ वर्ष पूरा गरी ५८ औं वर्षमा प्रवेश गर्दै छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  २ : ५७ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा

अध्ययन बिदा सकेर नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ

पैचोको ‘नेसनल सेल्स समिट’ सम्पन्न, स्वदेशी उत्पादनको बजारीकरण र कृषि उद्योग प्रवर्द्धनमा जोड

काठमाडौं । पैचो पसल प्रा.ली.ले देशभरका सेल्स प्रतिनिधीकाबीच नेसनल सेल्स