६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न



काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लि.को ५८ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालयहरु तथा विभिन्न शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको ५८औं वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै सर्वसाधारण प्रति बैंकिङ्ग संचेतना गर्ने उद्धेश्यले समाज प्रतिको उत्तरदायीत्व बहन गर्दै बैंकले वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको बताए ।
बैंकको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयहरुमा एकसाथ आयोजना भएको प्रभातफेरी कार्यक्रममा करिब एक हजारभन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धि बैंकको लोगो अंकित विभिन्न प्लेकार्ड बोकेर बाजा गाजा व्यानर सहित शुरु गरिएको उक्त प्रभातफेरीको ¥याली बैंकको केन्द्रीय कार्यालयबाट शुरु भई भद्रकाली, शहिदगेट, न्युरोड गेट, रत्नपार्क, बागबजार, पद्यकन्या कलेज, पुतलीसडक, पद्योदय मोड, राष्ट्रिय सभा गृह र पुनः भद्रकाली हुदैं केन्द्रीय कार्यालयमा पुगेर समापन भएकोे थियो ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु पवन रेग्मी, विनयरमण पौडेल र दुर्गाकुमारी कँडेल, रा.वा.बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संस्था कर्मचारी संघ, रा.वा.बैंकका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रा.वा.बैंकका अध्यक्ष दिपेन्द्र कार्की, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको भब्य उपस्थिति रहेको थियो ।

साथै, बैंकका प्रादेशिक कार्यालयहरु भएको सहर बिराटनगर, वीरगंज, पोखरा, नेपालगंज, सुर्खेत, धनगढी, शाखा कार्यालय भरतपुर, बुटवल र जनकपुरमा एकै पटक सोही प्रकारको प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।

बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता, आँखा परीक्षण, स्वास्थ्य परीक्षण, कार्यालयहरुको सरसफाई, हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम आयोजना भैरहको छ । यही माघ १० गते बैंक ५७ वर्ष पूरा गरी ५८ औं वर्षमा प्रवेश गर्दै छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  २ : ५७ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र