१३ माघ २०८२, मंगलबार | January 27, 2026

हिसान कप फुटसल प्रतियोगिताको उपाधि सेन्ट जोसेफलाई



बुटवल । जिल्लास्तरीय अन्तरमावि हिसान कप फुटसल प्रतियोगिताको उपाधि सेन्ट जोसेफले हात पारेको छ । शनिबार भएको फाईनल प्रतिस्पर्धामा सिद्धार्थ बोडिङ स्कुललाई ४-० को गोल अन्तर हराउंदै फुटसलको उपाधि सेन्ट जोसेफले हात पारेको हो ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको आयोजनामा शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा रुपन्देहीका १९ संस्थागत विद्यालयहरुको सहभागिता रहेको छ ।

उपाधि विजेता सेन्ट जोसेफले नगद ३० हजार नगद, ट्रफि तथा प्रमाणपत्र प्राप्त ग¥र्यो भने उपविजेता बनेको सिद्धार्थ बोडिङले १५ हजार नगद, ट्रफि तथा प्रमाणपत्र प्राप्त ग¥र्यो । विजयी टिमलाई हिसानका केन्द्रीय सल्लाहकार परिषदका निर्देशक प्रा.डा.आर.सी आचार्य, हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, खेलसंयोजक लक्ष्मण अर्यालले संयुक्त रुपमा पुरस्कार वितरण गरे ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका आचार्यले हिसानले विद्यालय तहबाट खेलाडि उत्पादन गर्ने लक्ष्यका साथ आयोजना गरेको प्रतियोगिताले खेल क्षेत्रको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए ।

कार्यक्रम हिसानका उपाध्यक्ष मधुप्रकाश ज्ञवालीको स्वागत तथा हिसानका सचिव बाबुराम बन्जाडेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ५ : २५ बजे

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं । देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता

पाल्पामा छ महिनामा थपिए सात कुष्ठरोगी

तानसेन । पछिल्लो छ महिनामा पाल्पामा सात जना नयाँ कुष्ठरोगी

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत

मोरङ । सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ