२० माघ २०८२, मंगलबार | February 4, 2026

द ब्रिटिस कलेजले गर्यो अलुम्नाइ २०२३ कार्यक्रम सम्पन्न



काठमाडौँ । द ब्रिटिस कलेजले पुर्व विद्यार्थीहरुको भेला (अलुम्नाइ मिट २०२३) कार्यक्रम आयोजना गरेको छ । पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा ब्रिटिस कलेजबाट ग्रयाजुएट भएका विद्यार्थीहरुलाई नेटवर्क बनाउन र आफ्नो सम्बन्ध विस्तार गर्न मौका मिलेको थियो ।

कार्यक्रममा सन्२०१५ देखि २०२२ सम्मका १०० जनाभन्दा बढी पुर्व विद्यार्थीहरु, स्टाफ, फ्याक्ल्टी र विशेष अतिथिहरुको उपस्थिति रहेको थियो । साथै, लिड्स बेकेट विश्वविद्यालयका प्रतिनिधि कुनाल हल्बीको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै कलेजका सिइओ राजन कँडेलले भने,‘पुराना साथीहरुसँग भेटघाट गर्नुका साथै, यो कार्यक्रमले विद्यार्थीहरुलाई उनीहरुले छोडेदेखि हामीले के गर्दछौँ र केकस्ता नयाँ अवसरहरु उपलब्ध गराएका छौँ भनेर देखाउने मौका मिलेको छ । जस्तै ब्राण्ड न्यु इन्क्युवेशन सेन्टर जुन हामीले प्रदान दिनेछौँ ।’

कार्यक्रममा कलेजका पुर्व विद्यार्थीहरु, स्कुल अफ कम्प्युटिङका तर्फबाट रविन तिवारी, सिल्क ग्रुपका सिटिओ र स्कुल अफ बिजेनशतर्फबाट सिजी होल्डिंसका कार्यकारी निर्देशक करन चौधरीले मन्तव्य दिएका थिए । साथै तथा मार्केटिङ्गका हेड अमरदिप मण्डलले आफ्नो मन्तव्य दिएका थिए ।

पुर्व विद्यार्थीहरुसँगको सम्बन्ध बलियो र सुमधुर बनाइराख्न हामीले अलम्नाइ कार्यक्रम गर्दै आइरहेका छौँ । पुर्व विद्यार्थीहरुले प्राप्त गरेको सफलताप्रति हामीहरुलाई गर्व छ । उनीहरुको भविष्यको योजनाप्रति मदत गर्न हामीहरु सदैव तयार छौँ ।’ उनको भनाई थियो ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ८ : ४७ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको