३ आश्विन २०८३, शनिबार | September 20, 2026

बुटवलमा मनाइयो २८५९ औ सोनाम ल्होछार



बुटवल । बुटवलमा तामाङ नया वर्ष २८५९ औ सोनाम ल्होछारको पर्व मनाईएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, रुपन्देहीले तामाङ भेषभुषा र पहिचानसहितको झाकी, रयाली दीपनगरस्थित तामाङको पुजास्थानमा पुगेर शुभकामना आदानप्रदान, सास्कृति कार्यक्रम र भोज आयोजना गरि ल्होछार मनाएका छन ।

कार्यक्रमको मुल समारोहको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले उद्घाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले सबै धर्म र जातीको पहिचान अहिलेको आवश्यकता भएको बताए । उनले बुटवल सबै जाती र भाषाले सम्पन्न नगर भएको उल्लेख गर्दै सबैको साझा नगर बनाउन आफ्नो भुमिका सकारात्मक रहने बताए ।

कार्यक्रममा बोल्दै घेदुङका केन्द्रीय सदस्य विरबहादुर लामाले सबै जातिको आआफनै ईतिहास भएको भन्दै त्यसमा पनि तामाङहरु उत्कृष्ट र वैज्ञानिक संस्कृति, रितिरिवाज अप्नाउने जातिमा पर्ने दाबी गरे । नेपालमा २०१३ सालमा संस्थागत रुपमा देशभर संगठित भएर काम भएको उनले बताए ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका प्रदेश अध्यक्ष विरमान लामाले रुपन्देहीमा सानो संख्यामा रहेका तामाङहरुबाट जातिय पहिचानसंगै सामाजिक कामहरु गर्दै आएको बताए । मन्जुश्रीले उपत्यका बस्तिलाई बस्न योग्य बनाउदादेखि नै तामाङ काठमाडौ वरपर बसोबास गर्दै आएको हुदा पनि उनिहरुको पहिचान भएको छ । नेपालका ९ वटा जिल्लामा तामाङहरु धेरै संख्यामा बसोबास गर्दै उनिहरुको चिनिएको उनले बताए । तामाङहरुको घरमा झण्डा राखेर पहिचान दिने, भाषा, संस्कृति संरक्षण गर्ने जस्ता कामहरु हुँदै आएको उनले बताए ।

कार्यक्रममा जिल्ला अध्यक्ष राजेश घिसिङले बिसं २०५८ सालमा स्थापना भई तामाङ जातीलाई एकतावद्ध गरि रचनात्मक कार्यक्रम गर्दै आएको दाबी गरे । ‘युवापुस्तालाई तामाङ भाषा लिपि सिकाउने, धर्मसंस्कार, भेषभुषा संरक्षणका लागि विविध कार्यक्रमहरु गर्दै आएको छौ ।’– उनले भने । नेपालमा तामाङहरु १ सय ६० भन्दा बढि थरहरु भने ३ प्रकारको भाषा बोल्छन । देशभर र लुम्बिनी प्रदेशमा समेत तामाङहरु छरिएर रहेका छन ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ९ : ५५ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब