४ पुस २०८२, शुक्रबार | December 19, 2025

राजनीतिक संरक्षणले प्रहरीलाई नै सकस



काठमाडौं । हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई लिखितपत्र पठाएपछि प्रहरीले आफ्ना संयन्त्रलाई सर्कुलर गरेको छ ।

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई कोइरीलाई पक्राउ गर्न लिखितरूपमा पत्राचार गरेपछि प्रहरीप्रधान कार्यालयलेसमेत ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई सर्कुलर गरेको हो ।

प्रहरीले कोइरीलाई पक्राउ गर्न यसअघि एक महिने अवधिमा अनौपचारिकरूपमा ७७ वटै जिल्लाका प्रहरी संयन्त्रलाई दुईपटक सर्कुलर गरिसकेको थियो । तर, राजनीतिक संरक्षणका कारण उनी यहीबीच प्रतिनिधिसभामा नै छिर्न सफल भए ।

सांसद कोइरीलाई पक्राउ गर्न पटक पटक सर्कुलर

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले गृहको लिखित पत्रपछि देशभरका प्रहरी संयन्त्रलाई कोइरीलाई पक्राउ गर्न सर्कुलर गरिएको जानकारी दिए ।

‘गृह मन्त्रालयबाट लिखितपत्र आएपछि प्रहरीले कोइरीलाई पक्राउ गर्न देशभरका संयन्त्रलाई सर्कुलर गरिसकेको छ, पहिले पनि सर्कुलर गरेका हौं, अहिले पनि सर्कुलर भएको छ, जहाँ भए पनि नियन्त्रणमा लिन्छौं,’ प्रहरी प्रवक्ता राईले राजधानीसँग भने । कोइरी ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित एमाले सांसद हुन् । उनले गत २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको मत दिएपछि गृह नेतृत्व र प्रहरी संयन्त्रमाथि पक्राउ गर्न दबाब बढ्दै आएको छ ।

कोइरी संसद भित्र खुल्लमखुल्ला हिडेपछि गृहमन्त्री रवि लामिछानेकोसमेत चर्को आलोचना हुँदै गर्दा उनले प्रहरी प्रधान कार्यालयलाई मौखिकरूपमै भए पनि निर्देशन दिएका थिए । मौखिक निर्देशन कार्यान्वयन नभएको भन्दै गृहले पुनः प्रहरीलाई लिखित निर्देशन दिँदै कोइरीलाई पक्राउ गर्न भनेको हो । ६ माघमा गृह मन्त्रालयले कोइरीलाई पक्राउ नगरेकोमा विज्ञप्ति नै निकालेर प्रहरी नेतृत्व प्रति असन्तुष्टि पोखेको थियो ।

‘उपप्रधानमन्त्रीज्यूबाट पटक पटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’ त्यसबखत गृह मन्त्रालयले विज्ञप्तिमार्फत असन्तुष्टि पोख्दै भनेको थियो ।

कोइरीमाथि उनकै योजनामा २०७२ सालमा भएको मधेस आन्दोलमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या भएको अभियोग छ । २५ भदौ २०७२ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट निकालेर कुटपिट गरी हत्या गरिएको थियो । त्यसपछि उनका दाजु प्रेमबहादुर विकले कोइरीसहित २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएपछि प्रहरीले मुद्दा चलाएको थियो ।

राष्ट्रसेवक कर्मचारीमाथिको हत्या अभियोगमा उच्च अदालत जनकपुरलेसमेत कोइरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । १९ मंसिर २०७७ मा जनकपुर उच्च अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा प्रहरीले कोइरीलाई खोजी गर्दै आइरहेको छ ।

त्यसअघि जिल्ला अदालत महोत्तरीले २ असोज २०७६ मा कोइरीलाई १ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । सो आदेशविरुद्ध पुनरावेदन परेपछि जनकपुर उच्च अदालतले १९ मंसिर २०७७ मा जिल्ला अदातको आदेशलाई उल्ट्याइदिएको थियो र पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थिया । घटनाका बखत कोइरी जसपामा आबद्ध थिए । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ७ : ५८ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा