२३ माघ २०८२, शुक्रबार | February 7, 2026

सशक्त प्रतिपक्ष नै कांग्रेसको अबको बाटो : नैनसिंह महर



बाँके । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अब सबैले बलियो कांग्रेस बनाउने अभियानमा लाग्नुपर्ने बताएका छन् । कांग्रेस घोराही उपमहानगरपालिका दाङको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेता महरले लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने धारणा राखे ।

‘बहुदलीय व्यवस्थामा पार्टी बलियो बनाउनुपर्छ, पारदर्शी हुनुपर्छ,’ उनले भने, ‘त्यसैले पाँच वर्षसम्म पार्टीको बलियो संगठन निर्माणमा लाग्नुपर्छ । अबको पाँच वर्षपछि कांग्रेस एक्लै चुनावमा होमिने र एकल दुई तिहाइ ल्याउने अवस्थामा पुगाउनुपर्छ । त्यसपछिमात्र नेपालमा विकास र लोकतन्त्रको जग बलियो हुन्छ ।’

उनले अब कांग्रेस सत्ताको खेलमा लाग्न नहुने उनको तर्क छ । उनले केही दिन पहिले संसद भवन अगाडि एक जनाले आत्मदाह गरेको स्मरण गर्दै त्यो सरकारप्रतिको चरम निराशाको उदाहरण भएको बताए । उनले नयाँ आएका दलहरूप्रति पनि युवाको आसा मर्दै गएको टिप्पणी गरे । मुलुकमा केही गर्छु भन्ने युवाले आत्मदाह गर्ने अवस्था सिर्जना हुनुले हाम्रो मुलुक कता गइरहेको छ भन्ने चिन्ता लागिरहेको बताए ।

‘नयाँलाई पनि जनताले भरोसा गर्न सक्ने अवस्था देखिँदैन। उनीहरूका सुरुवाती स्टेपहरू नै विवादास्पद र निराशाजनक देखिएका छन् । यो अवस्था देशका लागि सुखद होइन,’ उनले भने । उनले अहिलेको सरकार त झनै तासको महल जस्तो भएको बताए ।

‘अहिलेको सरकारमा विभिन्न विचार र सिद्धान्त भएका मानिसहरू छन् । उनीहरूबीच आफैँमा लडाइ हुन्छ। यो सरकारलाई कसैले ढलाउनु पर्दैन । आफैँबीचमा स्वार्थ नमिल्दा छोटो समयमै सरकार आफैँ ढल्नेछ,’ महरले भने, ‘त्यसैले कांग्रेसका लागि प्रधानमन्त्री, राष्ट्रपति भनेका जनता हुन् । पाँच वर्ष उनीहरूकै बीचमा रहेर काम गर्नुपर्छ ।’

राष्ट्रिय सहमतिका लागि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको बताएको बताउँदै अहिले अस्थिर तत्त्वले त्यसको गलत व्याख्या गर्न खोजेको आरोप लगाए ।

कार्यक्रममा प्रदेश सभापति तिलक रावलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश उपसभापति राजु खनाल, नेताहरू खगराज पाण्डे, जिल्ला सभापति शंकरप्रसाद डागीलगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ५ : १६ बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस