२७ भदौ २०८३, शनिबार | September 12, 2026

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसले नैनसिंह महरलाई बनायो उम्मेदवार



काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेपछि उनको परम्परागत निर्वाचन क्षेत्र डडेलधुराबाट कांग्रेसले नयाँ उम्मेदवार अघि सारेको छ । कांग्रेसले डडेलधुरा क्षेत्रको प्रतिनिधिसभा सदस्यका लागि नैनसिंह महरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

देउवाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी दिएसँगै कांग्रेसले उक्त क्षेत्रमा वैकल्पिक उम्मेदवारको टुंगो लगाएको हो । देउवाको सचिवालयले उम्मेदवारी दर्ता अगावै उनको चुनाव नलड्ने निर्णयबारे औपचारिक जानकारी गराएको थियो ।

२०४८ सालदेखि निरन्तर डडेलधुराबाट चुनाव जित्दै आएका देउवा सो क्षेत्रबाट सात पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका अनुभवी नेता हुन् । लामो समयदेखि पार्टी र सरकारको नेतृत्व गरेका देउवाको निर्वाचनबाट अलग रहने निर्णयलाई कांग्रेसभित्र महत्वपूर्ण राजनीतिक परिवर्तनका रूपमा हेरिएको छ ।

यसैबीच, कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले देउवालाई सक्रिय राजनीतिभन्दा बाहिर राख्दै संरक्षक र अभिभावकीय भूमिकामा रहन अनुरोध गर्दै आएको छ । पार्टी नेतृत्वले देउवाको अनुभव र मार्गदर्शनलाई संगठन सुदृढीकरणमा उपयोग गर्ने रणनीति लिएको बताइएको छ ।

डडेलधुराबाट उम्मेदवार बनेका नैनसिंह महरलाई कांग्रेसले नयाँ पुस्ता र स्थानीय नेतृत्वको प्रतिनिधिका रूपमा अघि सारेको छ । देउवाको विरासत बोकेको क्षेत्रमा महरले पार्टीको आधार कायम राख्दै चुनावी प्रतिस्पर्धामा उत्रिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ९ : १२ बजे

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित

मेरो खजुरा

त्यो बिहानले सूर्यको कलिलो किरण मात्रै ल्याएको थिएन भयावह त्रासदी

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी