२७ भदौ २०८३, शनिबार | September 12, 2026

पार्टी भित्रै सत्ताका लागि लहसिने प्रवृत्ति रहेको छ : नैनसिंह महर



बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी भित्रै सत्ताका लागि लहसिने प्रवृत्ति रहेको बताएका छन् । प्रेस युनियन रुपन्देहीले विहिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महरले गठबन्धन बिना पनि पार्टीलाई अघि बढाउन सकिने दाबी गरे ।

काँग्रेसले अब प्रतिपक्षमै बसेर पार्टी जीवनलाई सुधार गर्नुपर्ने पक्षमा आफू रहेको उल्लेख गरे । ‘पार्टी भित्रै एक पक्षले एमाले र अर्को पक्षले माओवादीसँग लहसिएर फेरि पनि सत्तामा जानुपर्छ भन्ने प्रवृत्ति छ,’नेता महरले भने, ‘अब सत्ताका लागि काँग्रेसले अरुलाई बैशाखी बनाउने होइन, फरक ढङ्गबाट अघि बढ्नु पर्छ ।’

सत्तामा रहेका दलहरु सहकारीका ठगहरुलाई कारबाही गर्नभन्दा सत्ता बचाउतर्फ केन्द्रीत रहेको आरोप लगाउँदै सरकार ‘रुल अफ ल’को विपक्षमा लागेको जिकिर गरे । उनले रुल अफ लको सिद्धान्तले प्रधानमन्त्री प्रचण्डमाथि पनि छानविनको प्रक्रिया अघि बढ्न सक्ने बताए ।

सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रबी लामिछानेमाथि छानविनको माग गर्दै महरले यस विषयमा सरकारले नजरअन्दाज गर्नु गलत भएको उल्लेख गरे ।

यसैगरी संसद सुचारू गर्ने विषयमा काँग्रेस लचकता अपनाउन तयार भएपनि रबी लामिछानेलाई कारबाही हुनु पर्ने अडान कायम रहेको बताए ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ३ : ०१ बजे

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित

मेरो खजुरा

त्यो बिहानले सूर्यको कलिलो किरण मात्रै ल्याएको थिएन भयावह त्रासदी