७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

पार्टी भित्रै सत्ताका लागि लहसिने प्रवृत्ति रहेको छ : नैनसिंह महर



बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी भित्रै सत्ताका लागि लहसिने प्रवृत्ति रहेको बताएका छन् । प्रेस युनियन रुपन्देहीले विहिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महरले गठबन्धन बिना पनि पार्टीलाई अघि बढाउन सकिने दाबी गरे ।

काँग्रेसले अब प्रतिपक्षमै बसेर पार्टी जीवनलाई सुधार गर्नुपर्ने पक्षमा आफू रहेको उल्लेख गरे । ‘पार्टी भित्रै एक पक्षले एमाले र अर्को पक्षले माओवादीसँग लहसिएर फेरि पनि सत्तामा जानुपर्छ भन्ने प्रवृत्ति छ,’नेता महरले भने, ‘अब सत्ताका लागि काँग्रेसले अरुलाई बैशाखी बनाउने होइन, फरक ढङ्गबाट अघि बढ्नु पर्छ ।’

सत्तामा रहेका दलहरु सहकारीका ठगहरुलाई कारबाही गर्नभन्दा सत्ता बचाउतर्फ केन्द्रीत रहेको आरोप लगाउँदै सरकार ‘रुल अफ ल’को विपक्षमा लागेको जिकिर गरे । उनले रुल अफ लको सिद्धान्तले प्रधानमन्त्री प्रचण्डमाथि पनि छानविनको प्रक्रिया अघि बढ्न सक्ने बताए ।

सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रबी लामिछानेमाथि छानविनको माग गर्दै महरले यस विषयमा सरकारले नजरअन्दाज गर्नु गलत भएको उल्लेख गरे ।

यसैगरी संसद सुचारू गर्ने विषयमा काँग्रेस लचकता अपनाउन तयार भएपनि रबी लामिछानेलाई कारबाही हुनु पर्ने अडान कायम रहेको बताए ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ३ : ०१ बजे

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता–चन्द्रप्रसाद ढकाल

काठमाडौं । औद्योगिक उत्पादनमा कमी र लगानीकर्ताको विश्वासमा कमीका कारण

बाँकेका बिभिन्न स्थानबाट चोरी भएका ९ थान मोटरसाईकल बरामद, ४ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट चोरी भएका नौ

एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनबाट निरक गुरुङ

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक

काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु

काठमाडौं । काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज