काठमाडौं । नेकपा माओवादी केन्द्र स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक आज बिहान ११ बजे बस्ने भएको हो ।
आजका लागि बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषयलगायतका विषयमा छलफल हुनेछ । यसैगरी, आगामी राष्ट्रपतिको निर्वाचन, सरकारको काम-कारबाही, पार्टी संगठन र बिचार मिल्ने दलसँग एकता लगायतका विषय पनि छलफल हुने एक नेताले बताएका छन् ।
माओवादी केन्द्रले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताको अन्तिम गृहकार्य गरिरहेको छ । दुवै पार्टीका वार्ता समितिले एकताको अन्तिम ड्राफ्ट तयार गरिसकेको बताएका छन् । त्यसका लागि आजको बैठकले पार्टी केन्द्रीय समितिको बैठक बोलाउने सम्भावना रहेको छ ।
दुवै पार्टीको बैठकले स्वीकृत गरे पछि पार्टी एकता हुनेछ । डा. भट्टराई नेतृत्वको नेसपाले गत निर्वाचनमा माओवादीकै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेको थियो ।



















प्रतिक्रिया